इटहरीमा माघ १३ देखि स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप प्रतियोगिता हुने

इटहरी। इटहरीमा रहेको द योङ्ग ब्रदर्श क्लबले स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता हुने भएको छ ।

आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा गोल्डकप हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

क्लबका संरक्षक तथा खेलकुद प्रतियोगिताका मूल संयोजक विकास केसीका अनुसार प्रतियोगितामा कोसी प्रदेशका आठ वटा टिम सहभागी हुनेछन् । सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुरका जिल्लामा सहभागीबारे कुरा भइरहेको उनले बताए ।

प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख ११ हजार, उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक दिनको म्यान अफ द म्याचलाई नगद पाँच हजार, बेस्ट किप्परलाई नगद दस हजार, खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई नगद दस हजार र म्यान अफ द सिरिजलाई नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

‘फुटबल खेल विश्वकै लोकप्रिय भएका कारण र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबै देशका जनताले स्वीकार गरेकाले उहाँको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ केसीले भने, ‘यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका निम्ति पनि सहज हुनेछ । फुटबल खेलको उत्पादनमा प्रतियोगिताले योगदान पु¥याउने विश्वास लिइएको छ ।’

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.