जेसीज सप्ताहको कार्यक्रम सार्वजनिकः दौडदेखि सचेतनामुलक कार्यक्रमसम्म

A notice in Nepali from Mechinagar Ward No. 10

रोशनराज
११ जेठ, मेचीनगर : मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत शुक्रबारबाट विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी जेठ २३ गते शनिबार जेसीज सप्ताह विधिवतरुपमा समापन हुने छ । गणतन्त्र दिवसको विशेष अवसर पारेर जेठ १५ देखि २३ गतेसम्म चल्ने जेसीज सप्ताहका कार्यक्रम मेचीनगर लेडी जेसीजले सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
यस पटकको जेसीज सप्ताह अन्तर्गत युवाको स्वास्थ्य जागरणका लागि मिनी म्याराथन (रोड रनिङ) बाट शुरु भएर जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको सहजीकरणमा ‘सुरक्षित डिजिटल समाज निर्माण अभियान’ साइवर सम्बन्धी सचेतनालगायतका कार्यक्रमको घोषणा गदैं मेचीनगर लेडि जेसीजले ‘जेसीज विक’ प्रारम्भ गर्ने अध्यक्ष रीता प्रधानले जानकारी दिईन् ।

मेचीनगर लेडी जेसीजले सार्वजनिक गरेको साताव्यापी कार्यक्रमको तालिका अन्तर्गत ट्राफिक नियमको पालनाको सचेतनामुलक स्टीकर टास्ने, खाजा, अचार बनाउने रेसिपी र तालिम, प्राथमिक स्वासथ्य उपचार समबन्धी जनचेतना साथै रक्तदान, स्कुल ब्याग वितरण, मेची उद्योग बाणिज्य संघका पदाधिकारी र उद्यमीहरु सँग तालिम तथा अभिमुखीकरण रहेको छ ।
संस्थाकी महासचिव कृष्णकुमारी (कल्पना) प्रसाईका अनुसार ‘खेलकुद विधामा योगदान, मेचीनगर लेडी जेसीजलाई पाइला पाइलामा सम्मान’ भन्ने मुख्यः श्लोग्नसहित आयेजना हुन लागेको मिनी म्याराथन (रोड रनिङ) मा मेचीनगर नगरपालिकाभित्रका १६ वर्ष माथिका महिला तथा पुरुषले सहभागिता जनाउन पाउने छन् । मेचीनगर वडा नम्बर-६ नकलबन्दाबाट सोहि वडाको भट्टराई चोकसम्मको ३ किलो मिटरसम्मको दुरी दौडका लागि चयन गरिएको महासचिव प्रसाईले जानकारी दिइन् ।
महिला तथा पुरुषतर्फ पाचौं स्थानसम्मका विजयतालाई नगदसहित पुरस्कृत गरिने जेसीजको योजना छ । दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो , पाँचौ र सान्तवनाले क्रमस नगद १० हजार एकसय, पाँच हजार एकसय तीन हजार एकसय, दुई हजार एकसय उक हजार एकसय र एक हजार एकसयसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । पुरुषतर्फ ५० वर्ष माथिको र महिलातर्फ ४० वर्ष माथिको एक/ एकजनालाई प्रथम घोषणा गरिने छ । यो कार्यक्रमको संयोजन सृजना घिमिरेले गर्ने छिन् ।

यसैगरी स्थानीय अटो, सिटी सफारी, बसलगायतका सवारी चालकहरुलाई लक्षित गरेर सप्ताहको दोस्रो दिन ट्राफिक नियमको पालनाको सचेतनामुलक स्टीकर टास्ने कार्यक्रम रहेको छ । यसको संयोजन सोनिका भट्टराईले गर्ने पत्रकार सम्मेलनमा वितरीत कार्य तालिकामा उल्लेख छ । यसको मुख्यः उद्धेश्य सवारी दुर्घटनालाई न्यूनिकरण गदैं यसबाट हुने मानवीय तथा धनको क्षतिलाई कम गर्ने बताइएको छ । झापाको मेचीनगर -१० धुलावारीमा रहेको जेसीज गाउँका महिला र टोल विकास संस्थाका सदस्यहरुबीच खाजा, अचार बनाउने रेसिपी र तालिमको आयोजना समेत सप्ताहको तेस्रो दिन आयोजना गरिएको महासचिव प्रसाईले पत्रकार सम्मेलनमा बताइन् । कार्यक्रमको संयोजनको जिम्मेवारी सोनिका भट्टराईलाई नै छ ।

जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा रगतको अभाव भईरहेको र यसको पूर्तिका लागि चौथो दिन झापाको मेचीनगर— ६ काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा रक्तदान कार्यक्रम हुने छ । सोहि काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा प्राथमिक स्वास्थ उपचार सम्बन्धी जनचेतनामुलक गोष्ठी समेत हुने छ । यसको संयोजनकारी भूमिकामा अनिता शाह रहेकी छन् ।
मेचीनगर-७ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर जेसीज सप्ताहको पाँचौ दिन ब्याग वितरणको कार्यक्रम रहेको छ । जेसीजले छैठौं दिन पुराना र नयाँ उद्योगी व्यवसायी र मेचीनगरभित्रका अन्य जेसीजलाई लक्षित गरेर तालिम र अभिमुखीकरण आयोजना गरेको छ । दुवै कार्यक्रमको संयोजन प्रमिला ओलीले गर्ने छिन् । सप्ताहको अन्तिम दिन ॅसुरक्षित डिजिटल समाज निर्माण अभियान’ साइवर सम्बन्धी सचेतनामुलक कार्यक्रम हुने छ । जस्को सहजीकरण जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले र कार्यक्रमको संयोजन सृजना घिमिरेले गर्ने छिन् भने युवा र समुदाय लक्षित यो कार्यक्रम हुने छ ।
कार्यक्रममा करीब दुई लाख रुपैयाँ लाग्ने अनुमान गरीएको छ । उक्त रकम स्थानीय सरकार मेचीनगर नगरपालिका तथा विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग स्वरुप प्राप्त हुने विश्वास अध्यक्ष प्रधानले व्यक्त गरीन् । लायन्स क्लबका पदाधिकारीहरु दीपक कार्की, शंकर थापा, खेलप्रेमी गंगालाल गुरुङ, शेरबहादुर बस्नेतलगायतबाट कार्यक्रम सम्पन्न गर्न साथ सहयोग प्राप्त भएको जेसीजको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.