अन्तिम टी–ट्वान्टीमा अष्ट्रेलिया विजयी

शृंखला भारतको पक्षमा

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: ११८

२३ मंसिर, एजेन्सी । म्याथ्यू वेडको टी २० क्यारियरको पहिलो खेलमा उत्कृष्ट ब्याटिङ्ग गरेपछि अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा मंगलबार भारतलाई १२ रनले हराएको छ । घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भारतको पक्षमा २–१ रह्यो ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनायो । त्यसमा म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाए । वेडले ५३ बल खेल्दै ८० रन बनाएका थिए । यस्तै ग्लेन म्याक्सवेलले ५४ रन जोडे ।

जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो । भारतीय कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन् । पाहुना टिमका अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.