अफ्रिकी च्याम्पियन अल अलीलाई पराजित गर्दै बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10
Detailed English alt text, 150-250 characters. Must include: (1) specific people visible — use their FULL NAMES and TITLES extracted from the article context (e.g., 'Mayor Baldev Singh Gomden Tamang', 'Sports Committee Chair Surendra Dhimal'). (2) What they are doing (e.g., 'handing over shiny wooden cricket bats and red cricket balls'). (3) Who the recipients are (e.g., 'young boys dressed in traditional saffron robes (batuks)'). (4) Setting/location (e.g., 'inside a temple premises'). (5) Visual details: colors, lighting, mood (e.g., 'bright outdoor photograph', 'natural daylight').

एजेन्सी । बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ। रोवर्ट लेवाण्डोस्कीको २ गोलमा अफ्रिकी च्याम्पियन अल अलीलाई पराजित गर्दै म्युनिक फाइनलमा पुगेको हो।

कतारमा भएको खेलमा जर्मन च्याम्पियन म्युनिले पहिलो हाफ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो। लेवाण्डोस्कीले १७ औं मिनेटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए।

इजिप्टको अल अलीले दोस्रो हाफमा उत्कृष्ट देखिएको थियो। उनीहरुको तीव्रता र काउन्टर एट्याकको प्रयास बायर्नका लागि चुनौति बनिसकेको थियो। तर लेवाण्डोस्कीले ८५ औं मिनेटमा हेडिङ गोलमार्फत बायर्नको जित निश्चित गरे। जारी सिजन लेवाण्डोस्कीको यो २७ खेलमा २९ औं गोल हो।

बायर्नले उपाधिका लागि कनकाफ च्याम्पियन मेक्सिकन क्लब टाइगर्ससँग विहीबार प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलको पाल्मारिसलाई पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.