युरो कप:युक्रेन,बेल्जियम र नेदरल्यान्ड विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । युक्रेनले युरो २०२० मा पहिलो जित हात पारेको छ। बिहीबार साँझ रोमानियाको बुचारेस्टमा भएको खेलमा युक्रेनले  नर्थ म्यासेडोनियालाई २-१ गोलले पराजित गरेको छ । समूह ‘सी’ मा यसअघि युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३-२ गोलले पराजित भएको थियो। म्यासेडोनियाको भने यो दोस्रो हार हो। म्यासेडोनियालाई पहिलो खेलमा अस्ट्रियाले ३-१ गोलले पराजित गरेको थियो। 
युक्रेनका लागि खेलको २९ मिनेटमा एन्ड्री यरमोलेन्कोले गोल गर्दै अग्रता दिलाए।३४ मिनेटमा युक्रेनले अग्रता दोब्बर पार्‍यो।

दोस्रो हाफमा खेलमा सुधार ल्याएको म्यासेडोनियाले ५७ मिनेटमा एलोस्कीको गोलबाट अग्रता लियो।
सुरुमा उनको पेनाल्टी प्रहारलाई युक्रेनका गोलकिपर बुस्चानले फर्काए। रिबाउन्डमा उनले गोल गर्दै म्यासेडोनियालाई खेलमा फर्काउने कोशिस गर्‍यो ।
बेल्जियम विरुद्द डेनमार्क
बेल्जियम युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एकरएक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

घरेलु मैदानमा भएको खेलमा डेनमार्कले उपाधिको दाबेदार मानिएको बेल्जियममाथि सुरूवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको बेल्जियमले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ५४ औं मिनेटमा थोर्गान हाजार्डले गोलमा बेल्जियमले खेललाई बराबरीमा ल्यायो । उनले ब्रुएनको पासमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७० औं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । उनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका थिए ।

यो समूह ‘बी’ मा बेल्जियमको ६ अंक रहेको छ । रसिया र फिनल्यान्डको समान ३/३ अंक रहँदा डेनमार्क अंकविहीन छ । डेनमार्कको यो लगातार दोस्रो हार हो ।

नेदरल्यान्ड विरुद्द अस्ट्रिया
नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’ मा लगातार दोस्रो जित निकालेसँगै नेदरल्यान्ड्सले शुक्रबार विहान सकिएको खेलमा अस्ट्रियालाई २-० गोलले पराजित गर्‍यो। यसअघि उसले पहिलो खेलमा युक्रेनलाई ३-२ गोलले पराजित गरेको थियो। 

दोस्रो खेलमा नेदरल्यान्ड्सको जितमा ११ मिनेटमा डिपेले पेनाल्टीमा पहिलो गोल गरे। डमफ्राइसलाई अस्ट्रियाका कप्तान डेबिड अलाबाले फल गरेपछि नेदरल्यान्ड्सले पेनाल्टी पाएको थियो। 
दोस्रो हाफमा उनै डमफ्राइसले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे। 

सन् २०१८ को विश्वकप र सन् २०१६ को युरो कपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स सन् २००८ पछि पहिलो पटक युरो कपको नकआउट चरणमा पुगेको हो। 
समूह ‘सी’ मा नेदरल्यान्ड्सले लगातार २ जितसहित ६ अंक जोडेको छ। एक खेलमा जित र एक खेलमा हार बेहोरेका युक्रेन र अस्ट्रियाको ३-३ अंक छ। नर्थ म्यासेडोनियाले अंक जोड्न सकेको छैन। 

अब समूह ‘सी’ को अन्तिम चरणको खेलमा युक्रेन र अस्ट्रिया तथा म्यासेडोनिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.