एजेन्सी ।नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक गणतन्त्र युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा चेकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका डि लिटले ५५ मिनेटमा रातो कार्ड पाएका थिए। सुरुमा पहेँलो कार्ड पाएका लिटलाई भिएआरमार्फत रेड कार्ड दिइएको थियो।
चेकका प्याट्रिक शिकलाई डिबक्स नजिक रोक्ने क्रममा लिटले हातले बल फर्काएको भिडियो रिप्लेमा देखिएको थियो।
८० मिनेटमा चेकले अग्रता दोब्बर पार्यो। उसका लागि प्याट्रिक शिकले दोस्रो गोल गरे। होल्सले दिएको उत्कृष्ट पासमा शिकले दोस्रो गोल गरेका हुन्।
१० खेलाडीमा सीमित हुनुअघि नेदरल्यान्ड्सका डेनयल मालेनले गोल गर्ने पाएको सुन्दर मौका खेर फालेका थिए। वान भर्सेस वानको अवस्थामा उनको प्रहारलाई चेकका गोलकिपरले विफल पारे।
अब चेकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।
बेल्जियम विरुद्द पोर्चुगल
बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।
बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए।
खेल अवधिभरी पोर्चुगलले थुप्रै अवसर पाए पनि गोल गर्न भने सकेन ।
























