कोपा अमेरिका कप:ब्राजील ,इक्वेडर र पेरु अन्तिम आठमा पुगे

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । कोपा अमेरिकाको समूह चरणको सोमबार बिहान सम्पन्न आफ्नो अन्तिम खेलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह ‘बी’ अन्तर्गतको खेलमा ब्राजिललाई इक्वेइडरले १-१ गोलको बराबरीमा रोकेको हो।बराबरीसँगै इक्वेइडर अन्तिम आठमा पुगेको छ।

बराबरीपछि पनि ब्राजिल भने समूह चरणमा अपराजित रह्यो। ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकाल्दै अन्तिम आठमा पुगेको थियो। सोमबार विहान सकिएको खेलमा ब्राजिलले पहिले अग्रता लियो। उसका लागि इडर मिलिटाओले गोल गर्न सफल भए।
इक्वेइडरका एन्जल मेनाले ५३ मिनेटमा बराबरी गोल फर्काए। 

पेरु विरुद्द भेनाजुएला

समूहको अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० गोलले पराजित गरेको छ।

हारसँगै भेनेजुएला समूह चरणबाट बाहिरियो। पेरु भने समूहमा दोस्रो हुँदै अन्तिम आठमा पुगेको। 

समूह ‘बी’ मा शीर्ष स्थानको ब्राजिलले चार खेलबाट १० अंक जोड्यो।
दोस्रो स्थानको पेरुले ७ अंक बटुल्दा कोलम्बिया ४ अंकसहित तेस्रो भयो। इक्वेइडरले ३ अंक जोडेर चौथो स्थानमा हात पार्‍यो। पुछारको भेनेजुएलाले भने २ अंक मात्र जोड्न सक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.