एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ ।
ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत आज (शनिबार) बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० गोल अन्तरबाट हराउँदै अर्जेन्टिनाले पहिलो जित हात पारेको हो ।
समूह बीको अन्तर्गतको यो गुइडो रोड्रिगुएजको निर्णायक गोल गोलसँगै अर्जेन्टीना विजयी भएको हो । पहिलो खेलमा चिलीसंग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना यो जितसंगै २ खेलमा ४ अंक जोडेर समूह बीको पहिलो स्थानमा पुगेको छ ।
यहि समूहमा चिलीले बोलीभियालाई १–० गोल अन्तरले हराएर ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । चिलीका लागि बेन बेरेटनले निर्णायक गोल गरेका हुन् ।
खेलको १०औं मिनेटमा बेन बेरेटनले गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाए। उनले इडुआर्डा भार्गासको पासमा गोल गरेका थिए ।
चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो। बोलिभियाको यो लगातार दोस्रो हार हो । यसअघि बोलिभिया पाराग्वेसँग ३–१ ले पराजित भएको थियो ।
























