कोपा अमेरिका कप:समूह शीर्ष स्थानमा रहदै ब्राजील क्वाटरमा

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी ।कोपा अमेरिका फुटबल प्रतियोगितामा साविक विजेता ब्राजिलले अन्तिम समयमा गोल गर्दै लगातार तेस्रो जित हात पारेको छ।

अन्तिम ८ मा स्थान पक्का गरिसकेको ब्राजिलले कोलम्बियामाथि २-१ को रोमाञ्चक जित हात पारेको हो।

बिहीबार विहान सकिएको खेलमा अग्रता भने कोलम्बियाले लिएको थियो। कोलम्बियाका लागि एल डियासले दशौं मिनेटमा गोल गरे। उनले कुएडार्डोले दिएको क्रसमा उनले गोल गरेका थिए। 
घरेलु टिम ब्राजिलले बराबरी गोल फर्काउन ७८ मिनेटसम्म कुर्नु पर्‍यो। ब्राजिलका लागि ७८ मिनेटमा फिर्मिनोले रेनान लोडीको क्रसमा गोल गरेका थिए। 
ब्राजिलले दोस्रो हाफको इन्जुरी टाइमको दशौं मिनेटमा दोस्रो गोल गर्दै रोमाञ्चक जित दर्ता गरायो। ब्राजिलका लागि कासेमिरोले गोल गरे। 

समूह ‘बी’ को शीर्ष स्थानमा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक  जोडेको छ। ब्राजिल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ।

दोस्रो स्थानको कोलम्बियाले चार खेलबाट ४ अंक बटुलेको छ।

यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले पराजित गरेको थियो।  दोस्रो खेलमा उत्कृष्ट लयमा देखिएको ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गरेको थियो।

कोलम्बियाले भने पहिलो खेलमा इक्वेइडरलाई १-० गोलले पराजित गरेको कोलम्बियाले दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो। तेस्रो खेलमा भने कोलम्बिया पेरुसँग २-१ गोलले पराजित भएको थियो।

यो खेलअघि भएको यहि समूहको अर्को खेलमा इक्वेइडर र पेरुले २-२ गोलको बराबरी खेलेका थिए। पेरु चार अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको इक्वेइडरको २ अंक भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.