लक्ष्मी उप्रेती
११ जेठ, मेचीनगर : नेपाल बुद्धिचाल महासंघभित्रको आन्तरिक विवाद थप चर्किए पछि त्यसको असर झापाको मेचीनगरमा आजबाट हुने भनिएको राष्ट्रिय ‘बी’ बुद्धिचाल प्रतियोगिता २०२६ मा समेत परेको छ ।
प्रतियोगिताको उद्घाटन मेचीनगर–०६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा विधिवत रूपमा गर्ने कार्यक्रम तय भएको थियो । तर, अचानक प्रतियोगिताको उद्घाटन रोक्न भने पछि प्रमुख अतिथिलाई अन्तिम समयमा जानकारी गराईएको स्रोतको दाबी छ ।
ॅप्रमुख अतिथिलाई पत्रचार भएको थियो । देशका विभिन्न स्थानबाट खेलाडीहरू आएका थिए । तर, अचानक प्रतियोगिताको उद्घाटन नहुने भएपछि प्रमुख अतिथिलाई जानकारी गराईएको थियो । ’स्रोत भन्छ ।
स्थानीय व्यवस्थापनको जिम्मा पाएको नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष विश्वविजय घिमिरेले विविध कारणले प्रतियोगिताको उद्घाटन सत्र रोकिएको स्वीकार गरे । उनले प्राविधिक कारणले उद्घाटन सत्र रोकनु परेको बताए पनि केही दिनअघि क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जनाएको थियो । जेठ ११ देखि १५ गतेसम्म राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता–२०२६ आयोजना गर्ने र प्रतियोगिता दुईवटा इभेन्टमा सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

नेपाल बुद्धिचाल महासंघको नेपालको सवैभन्दा ठुलो कार्यक्रम दाबी गरिएको प्रतियोगिता अन्नतः आफ्नै कारणले रोकिए पछि खेलाडी र खेलप्रेममिा निरशा छाएको छ । प्रतियोगितामा सहभागिताका लागि नेपालका धेरै स्थानबाट खेलाडी आइसकेको अध्यक्ष घिमिरेले बताए । खेल भोलीबाट शुरु गर्ने । यसको उद्घाटन चाँहि बीचमा कुनै दिन गर्ने उनले बताए ।
तीन वर्षअघि निर्वाचनसहितको साधारण सभा सम्पन्न भए पनि त्यसयता नियमित साधारण सभा हुन नसक्नु, नेपालमा बुद्धिचाल खेलको आफ्नै व्यवस्थित कार्यालयसमेत नहुनु महासंघको कमजोर व्यवस्थापन र संस्थागत गतिशीलता नै कमजोर बनेको स्वयम् खेलाडीहरुनै दुःख व्यक्त गर्दछन् ।
पछिल्लो समय त महासंघको साधारण सभा दुई फरक स्थानमा आयोजना भएको छ । यसपछि नेतृत्व तहको विवाद सतहमा आएको हो । अविश्वास प्रस्ताव दर्ता पक्षधर समूहले बहुमत सदस्यको आधारमा काठमाडौंमा छुट्टै साधारण सभा आयोजना गरेको जनाएको छ ।
यसअघि महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वासको प्रस्तावमा छलफल गर्न महासंघको विशेष साधारण सभा बोलाइएको थियो ।
पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादका कारण महासंघको नेतृत्वमाथि अविश्वासको प्रस्ताव परे पछि नेतृत्वमाथि अविश्वासको प्रस्ताव पेश भएपछि बोलाईको विशेष साधारण सभा दुई स्थानमा भएको थियो ।
महासंघ अध्यक्ष हेराकाजी महर्जन समूहले मकवानपुरको हेटौडामा र महर्जन र महासचिव धरमबहादुर लामा विरुद्ध अविश्वासको प्रस्ताव हालेका अर्को समूहले काठमाडौंको स्वयम्भुस्थित स्वयम्भु पिस होटलमा विशेष साधारण सभा डाकेको बताइएको छ । नेतृत्व विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि अहिल महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो ।
























