झापा लिग तथा नकआउट प्रतियोगिता:शिवसताक्षी र अर्जुनधारा विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर ।झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ ।

आज भएको दोस्रो खेलमा दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । जारी प्रतियोगितामा तीनवटै खेल हार्ने दमक एक मात्र टिम बन्यो ।

आजको पहिलो खेल शिवसताक्षी र कमलका बीचमा भए पनि कमल गाउँपालिका खेल बहिष्कारको कारबाहीमा परेकाले शिवसताक्षीले सिधै ३ अंक र ३ गोल प्राप्त गर्यो ।

समूह घ मा रहेको शिवसताक्षी र अर्जुनधाराको समान ७ अंक र बराबर गोल अन्तर भए पनि पहेँलो कार्ड प्राप्त गरेको आधारमा अर्जुनधारा समूह विजेता बन्यो । लिग चरणका खेलहरुमा अर्जुनधाराले एउटा र शिवसताक्षीले दुईवटा पहेँलो कार्ड पाएको थियो ।

समूह विजेता बनेको अर्जुनधाराले आजको खेलको ६४ औँ मिनेटमा राजेश दाहाल र ७३ औँ मिनेटमा निखिल तामाङले गोल गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच भएका अर्जुनधारका बादल तामाङले नगद दुई हजार र ट्रफी पाए । प्लेयर अफ द म्याचको पुरस्कार प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशी, भद्रपुर नगरप्रमुख गणेश पोखरेललगायतले प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.