चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : अन्तत: लामो समयको चर्चा र हल्लालाई यथार्थमा परिणत गर्दै इंगलिस क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई प्रशिक्षकबाट हटाएको छ।

माउरिजियो सारी हटेपछि चेल्सीले निर्विकल्प रुपमा पूर्व खेलाडी लाम्पार्ड माथि नजर लगाएको थियो र उनलाई जुलाई २०१९ मा क्लबमा प्रशिक्षकको रुपमा अनुबन्ध गरेको थियो। खेलाडीको रुपमा लाम्पार्डले चेल्सीमा १३ वर्ष बिताउँदा उनी अलटाइम सर्वाधिक गोल स्कोररकोरुपमा रहँदै लेजेन्ड खेलाडीका रुपमा रहे। उनले क्लबका लागि २००१ देखि २०१४ सम्म खेल्दा ६४८ खेलमा २११ गोल गरे भने क्लबलाई मुख्य ११ उपाधि समेत जिताए।

सोही छापका कारण पनि चेल्सीले उनीसँग बढिनै अपेक्षा गरेको थियो। तर खेलाडीका रुपमा सफल लाम्पार्ड प्रशिक्षकको रुपमा उपाधि विहीन रहे र चेल्सीको प्राथमिकता फेरि पनि उपाधि नै भएको उनको वर्खास्त पछि प्रमाणित भएको छ।

दोस्रो श्रेणीको डर्बीकाउन्टीबाट प्रशीक्षण करियर सुरु गरेका लाम्पार्ड आफ्ना समर्थकबाट सर्वाधिक खोजिएका र रोजाइमा परेका प्रशिक्षकका रुपमा रहेका थिए। चेल्सीमा १८ महिना रहँदा लाम्पार्डको बसाई उतरचढावपूर्ण रह्यो। पहिलो सिजनमा चेल्सीलाई शीर्षचारमा पुर्याएका लाम्पार्डको दोस्रो सिजन भने सोचे जस्तो रहेन। र उनी १८ महिनामानै चेल्सी बसाइको अन्त्य गर्न बाध्य रहे।

४२ वर्षीय लाम्पार्डले चेल्सीमा ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकाले। जारी प्रिमियर लिगमा चेल्सी नवौं स्थानमा रहेको छ। केहि महिना अघिबाटै हटाउने तयारी गरेपनि उनको स्थानमा ल्याइने प्रशिक्षक चयनमा अलमल हुँदा उनी केहि समय क्लबमा रहे। सिजनको सुरुवातमा दुई सय मिलियन बढी पाउन्ड खर्च गरे पनि सोचे जस्तो नतिजा दिन नसक्दा चेल्सी बोर्डले उनलाई बिदा गर्ने निर्णय गर्यो।

पछिल्लो आठ खेल मध्ये पाँच खेलमा लाम्पार्ड नेतृत्वको टिम पराजित रह्यो।जस्ले उनको थमौतीको झिनो आसा पनि अन्त गरिदियो। चेल्सीले लाम्पार्डको स्थानमा थोमस टुचेललाई ल्याउने तयारी गरेको दाबी अन्तराष्ट्रिय सञ्चारमाध्यामले गरेका छन्। टुचेललाई अघिल्लो महिना फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बर्खास्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.