एक खेल प्रतिबन्धको अवधि गुज्रिएकाले मेसीले विश्वकप छनोट खेल्न पाउने दाबी

A notice in Nepali from Mechinagar Ward No. 10

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले विश्वकप छनोटअन्तर्गत आगामी महिना इक्वेइडर र बोलिभियाविरुद्धको खेल खेल्न पाउने दाबी गरिएको छ।

अर्जेन्टाइन फुटबल एसोसिएनका अध्यक्ष क्लाउडियो तापिएका अनुसार मेसीमाथि सन् २०१९ मा लागेको एक खेलको प्रतिबन्धको अवधि सकिएकाले उनले विश्वकप छनोटका खेल खेल्ने दाबी गरेका हुन्।

अध्यक्ष क्लाउडियोका अनुसार संघले दक्षिण अमेरिकी फुटबल महासंघमा मेसीको प्रतिबन्ध अवधि सकिएको दाबी गर्दै अपील गरिएको छ।

सन् २०१९ को जुलाईमा भएको कोपा अमेरिकामा मेसीले रेड कार्ड पाएका थिए। त्यसपछि उनले  प्रतिस्पर्धात्मक एक खेल स्वत: गुमाएका थिए।

कोपा अमेरिकाको तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा मेसीलाई रेड कार्ड दिँदै मैदान बाहिर पठाइएको थियो।

मेसीलाई खेलको ३७ मिनेटमा चिलीका ग्यारी मेडेलसँग झगडा गरेपछि रेड कार्ड देखाइएको थियो। यद्यपी खेल अर्जेन्टिनाले २-१ जितेको थियो।

खेलपछि मेसीले रेफ्रीको चर्को आलोचना गरेको थिए। उनले प्रतियोगिता ब्राजिललाई जिताउन ‘सेटिङ’ गरिएको समेत आरोप लगाएका थिए।

मेसीमाथिको एक खेलको प्रतिबन्ध प्रतिस्पर्धात्मक खेलका लागि मात्र भएकाले मेसीले गत वर्ष ब्राजिल र उरूग्वेविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए।

तर यो प्रतिबन्धको अवधि एक वर्षसम्म मात्र रहने भएकाले अब मेसीले आगामी महिनाको खेल खेल्न पाउने अर्जेन्टाइन फुटबल संघको दाबी छ।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोट गत मार्चदेखि हुने भनिएको थियो। तर कोरोनाका कारण छनोट स्थगित गरिएको। स्थगित प्रतियोगिता आगामी महिनादेखि हुनेछ।

१० टिमबीच हुने प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा राउन्ड रोबिन लिग हुनेछ। शीर्ष चार टिम विश्वकप २०२२ का लागि छनोट हुनेछन्। पाँचौ हुने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ। जित हात पारे पाँचौ हुने टिम पनि विश्वकपमा पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.