मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !, शताब्दीकै रेकर्ड

A notice in Nepali from Mechinagar Ward No. 10

फ्रेन्च लिग वान अन्तर्गत गए राति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १-० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ। मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे।

घरेलु मैदानमा पीएसजीले पराजय भोग्दै गर्दा मैदानमा त्यो दृश्य देखियो जुन फुटबलमा बिरलै देखिन्छ। खेल सकिँदै गर्दै मैदानमा झगडा गरेपछि नेइमारसहित पीएसजीका तीन खेलाडी र मार्सेलीका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिन पर्‍यो। जसमा पीएसजीका नेइमार, लेभिन कुरजावा र लियोनार्दो परेडेस रहेका छन्। र, मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेट्टो रहेका छन्। सुरुमा चार खेलाडीलाई रेड कार्ड दिएका रेफ्रीले नेइमारले पछाडिबाट पञ्च हानेको भीएआरबाट देखेपछि उनलाई पनि रेड कार्ड दिएका थिए।

५ हजार दर्शकका बीच भएको खेलमा कुल १७ वटा कार्ड प्रयोग भयो जुन यो लिग वानको एउटा खेलमा प्रयोग भएको शताब्दीकै बढी कार्ड हो। उक्त झगडामा कुरजावा र अमाभीले त मैदानको ‘किक बक्सिङ’ नै देखाएका थिए।

पीएसजी र मार्सेली परम्परागत राइभलहरु हुन्। पीएसजीले च्याम्पियन्स लिगमा पराजय भोग्दा मार्सेलीका समर्थकहरु सडकमै उत्रिएर खुशी मनाएका थिए। मार्सेलीमा सेमिफाइनलमा लाइपजिगसँग खेल पछिको फ्यानहरु बीचको झगडालाई मध्यनजर गर्दै फाइनलमा त्यस्तो हुन नदिन पीएसजीको जर्सीलाई प्रतिबन्धसमेत लगाउनु परेको थियो।

नेइमारको आरोप: नश्लीय गाली दिइयो

ब्राजिलियन खेलाडी नेइमारले आफूमाथि नश्लीय गाली दिइएको आरोपसमेत लगाएका छन्। उनले अल्भारो गोन्जालेजले आफूमाथि नश्लीय टिप्पणी गरेको आरोप लगाएका हुन्।

विवाद हुँदा नेइमारले गोञ्जालेजलाई टाउकोमा पछाडिबाट थप्थपाएका थिए।

मेरो पछुतो त्यसको अनुहारमा नहानेकोमा छ : नेइमार

खेलपछि ट्वीट गर्दै नेइमारले आफूले अल्भेरो विरुद्ध ‘स्ट्रङ एक्सन’ नलिएकोमा पछुतो रहेको बताएका छन्।

‘मेरो एउटै पछुतो त्यसको मुखमा प्रहार नगरेकोमा छ।’ नेइमारले ट्वीट गरेका छन्।

अर्को ट्वीटमा नेइमारले भनेका छन् : भीएआरले मेरो आक्रोश त देख्यो अब मलाई नश्लीय गाली गर्दै (बाँदर***) भनेको देखेको हेर्न चाहन्छु। के भयो? मलाई सजाय दिइयो। एक्सपेल गरियो। उनीहरुको बारेमा के? के भयो?

यो नश्लबादसँग सम्बन्धित थिएन: आन्द्रे भिल्लास बोएस

मार्सेलीका प्रशिक्षक आन्द्रे भिल्लास बोएसले पोस्ट म्याच कन्फ्रेन्समा गोन्जालेजको पक्षमा बोल्दै यो घटना नश्लवादसँग सम्बन्धित नभएको दाबी गरेका छन्।

‘मलाई त्यस्तो लाग्दैन। किनभने अल्भेरो अनुभवी खेलाडी हो। फुटबलमा नश्लवादका लागि स्थान छैन र यहाँ त्यस्तो भएको भन्ने मलाई लाग्दैन,’ उनले भनेका छन्, ‘नेइमार खेलको अन्त्यमा अलिकति विचलित भएका थिए। आशा गरौ त्यस्ते जितको बाटोमा बाधा नगरोस्।’

त्यस्तै उनले नेइमार र डी मारियाको प्रदर्शनको प्रशंशा समेत गरेका थिए।

कहिले काहीँ हार्न पनि सिक्नुपर्छ : नेइमारमाथि गोन्जालेज

नेइमारले लगाएको नश्लीय गालीको आरोपको गोञ्जालेजले खण्डन गर्दै हार स्वीकार्न सिक्न आग्रह गरेका छन्।

‘यहाँ नश्लवादका लागि कुनै स्थान छैन। टिम मेट्स र साथीहरुसँग स्वच्छ करियरका साथ दिनहरु कटिरहेकै छन्। कहिलेकाहीँ तपाईँले हार स्वीकार गर्न पनि सिक्नु पर्छ,’ आफ्ना साथीहरुसँगको तस्बिर राख्दै गोञ्जालेजले ट्वीट गरेका छन्, ‘कहिलेकाहीँ मैदानमा हार स्वीकार गर्न पनि सिक्नुपर्छ। आजको तीन अंक महत्वपूर्ण रह्यो। परिवारलाई धन्यवाद।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.