मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गराउने लडाइँ ९ वर्षपछि जिते

A notice in Nepali from Mechinagar Ward No. 10

अर्जेन्टाइन फुटबलर लिओनल मेसीले अब आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता पाउने भएका छन्।

मेसीले आफ्नो नामलाई ट्रेडमार्कको रूपमा दर्ता गराउनका लागि नौ वर्षअघि निवेदन दिएकोमा मुद्दा परेको थियो।

बिहीबार युरोपियन कोर्ट अफ जस्टिसले मेसीको पक्षमा फैसला गरेपछि अब उनले आफ्नो नामलाई ट्रेडमार्कको रुपमा दर्ता गराउन पाउने भएका हुन्।

स्पेनिस साइकल कम्पनी मासी र मेसीबीच नामको विषयमा विवाद हुँदा मुद्दा परेको थियो। स्थानीय अदालतदेखि सुरु भएको मुद्दा युरोपियन कोर्ट अफ जस्टिस र इयुको बौद्धिक सम्पत्ती अफिससम्म पुगेको थियो।

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मेसीले सन् २०११ मा आफ्नो नामबाट स्पोर्ट्सवेयर ब्रान्डका लागि ट्रेडमार्क दर्ता गराउन निवदेन दिएका थिए।

तर साइकल कम्पनी मासीले मेसी र मासीबीचको लोगो समान भएकाले मानिसहरूमा द्विविधा उत्पन्न हुने दाबी गरेको थियो।

युरोपियन अदालतले स्टार खेलाडी मेसीको लोकप्रियताका धेरै भएका कारणले मानिसले दुई ब्रान्डबीचको भिन्तता छुट्याउन सक्ने बताएको छ।

मासीले साइकल उपकरण र साइकल चलाउन लगाउने कपडा बेच्ने गर्छ। उसले सुरुमा मेसीसँगको कानुनी लडाइँ जितेको थियो। त्यसपछि मेसीले जनरल अदालतमा पनि मुद्दा हारेका थिए।

तर युरोपियन अदालतले भने मेसीको पक्षमा फैसला गरेको हो।

३३ वर्षीय मेसी २०२० मा सर्वाधिक कमाउने फुटबलर बनेका थिए। ६ पटक वर्ष खेलाडीको अवार्ड जितेका मेसीले सन् २०२० मा १२६ मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले सार्वजनिक गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.