क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असार, काठमाडौँ : क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । र, खेलको अन्तिम समयसम्म यही अग्रता कायम राख्दै अर्जेन्टिना २-० ले विजयी भयो ।

अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.