नेपालले खेल्ने एकदिवसीय र टी-२० विश्वकप छनोटका सबै खेल अब प्रत्यक्ष प्रसारण हुने

A notice in Nepali from Mechinagar Ward No. 10

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२३ सम्मका एकदिवसीय र टी-२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ।

आइसिसीले इभेन्ट र मिडिया कम्पनी आइएमजीसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेपछि कतपिय एसोसिएट देशका खेल इन्टरनेटमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण हुने भएको छ।

सम्झौताअनुसार अब छनोटका ५४१ वटा खेल इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। जसमा ४१ वटा छनोट प्रतियोगिता छन्।

आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट, आइसिसी वुमेन्स टी-२० विश्वकप २०२३ को छनोट र आइसिसी टी-२० विश्वकप २०२२ को छनोटका खेलहरु आइएमजीले इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रत्यक्ष प्रसारण हुने कुल ५४१ खेल मध्ये १४५ वटा खेल महिलाका हुनेछन्। ती मध्ये ८० वटा एसोसिएट देशका खेलको प्रत्यक्ष प्रसारण हुनेछन्।

नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी विश्वकप लिग-२ का बाँकी खेल पनि अब इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुनेछन्। यो प्रतियोगिता आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता हो।

यस्तै नेपालले प्रतिस्पर्धा गर्ने आइसिसी टी-२० वुमेन्स विश्वकप २०२३ को छनोट र आइसिसी टी-२० विश्वकप २०२२ को छनोट पनि अब इन्टरनेटमार्फत नेपाली क्रिकेटप्रेमीले हेर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.