सार्वजनिक भयो हरेक स्थानीय तहको एउटै एप

मोबाइलबाटै नागरिकले भुक्तानी कार्य गर्न सक्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । सरकारले हरेक स्थानीय तहका लागि एउटै माेबाइल एप ल्याएकाे छ । यसअघि ४३३ स्थानीय तहले छुट्टाछुट्टै एप सञ्चालन गरेकाेमा अब नयाँ एप सञ्चालनमा आएँसँगै स्वतः सञ्चालनमा नरहने सूचना प्रविधि विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

याे एप मार्फत नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरू, कार्यक्रम तथा परियोजना, ऐन नियमहरुको विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सूचना तथा जानकारी सजिलै प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

साथै प्रदेश सरकारले जारी गरेका महत्वपूर्ण सूचना पनि एपमा देखिने विभागका महानिर्देंशक प्रेमशरण श्रेष्ठले बताए । एपमा हाल फैलिएको कोभिड १९ जस्तो महामारीको लागि सूचना प्रवाह गर्ने पनि जनाइएकाे छ ।

स्थानीय तहले आफ्नो वेबसाइटमा राखेका कन्टेन्ट वा सेवा नागरिकले मोबाइल एपमार्फत उपभोग गर्न सक्छन् । यसअन्तर्गत एपबाटै नागरिकले विभिन्न प्रयोजनका सेवा दस्तुर र त्यसको प्रक्रिया थाहा पाउनुका साथै डिजिटल वालेटको प्रयोग गरी भुक्तानी गर्न सक्छन् ।

इच्छुक स्थानीय तहले एप कार्यान्वयनका लागि सूचना प्रविधि विभागमा सम्पर्क राख्नुपर्ने विभागका कम्प्युटर इन्जिनियर सुदर्शन गुरागाईंले बताए ।

साथै स्थानीय तहबाट प्रवाह गरिने सेवा र त्यस बापतको भुक्तानी नागरिकले डिजिटल वालेटको प्रयोग गरी गर्न सकिने विभागले जनाएको छ । याे एप एन्ड्राेइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.