आन्तरिक उडानको हवाई भाडामा बृद्धिसँगै यात्रुको संख्यामा कमी

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२८ बैशाख, मेचीनगरः पूर्वी नेपालको झापा भद्रपुरस्थित चन्द्रगढी विमानस्थल भएर काठमाडौं र झापासम्म आवतजावत गर्ने हवाई यात्रुहरुको संख्या पछिल्लो समय निक्कै घटेको छ । हवाई इन्धनमा भएको उच्च मूल्य वृद्धिका कारण आन्तरिक उडानको हवाई भाडामा समेत बृद्धि हुदाँ यात्रुको संख्यामा उल्लेख्य कमी आएको विमानस्थलले जनाएको छ । यो चन्द्रगढी आन्तरिक विमानस्थल हो । यस विमानस्थलबाट काठमाडौं झापाका लागि बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सगरी तीनवटा जहाजले दैनिक उडान भर्ने गरेका छन् ।
हवाई यात्रुको संख्यामा क्रमस कमी आउन थालेपछि यसको असर नेपालको पर्यटन क्षेत्रमा समेत देखिन थालेको पर्यटन व्यवसायीहरुको भनाई छ । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा नाकाहुर्दै पैदल मार्ग भएर भारतको सिक्किम, दार्जिलिङ्ग, खर्साङ्ग, कालेम्पोङ्ग, शिलीगुढी, नक्शलवाडीलगायत नेपालका विभिन्न स्थानबाट यात्रुहरु पूर्वी नेपालको झापा भद्रपुरस्थित चन्द्रगढी विमानस्थल भएर काठमाडौंसम्म जाने गरेका छन् भने, काठमाडौबाट झापा आउने गरेको नेपाल नागरिक उड्डयन कार्यालय (चन्द्रगढी विमानस्थल) प्रमुख किशोरकुमार खत्रीले बताए ।

हवाई इन्धन मूल्य बढेसँगै पछिल्लो समय आन्तरिक उडानका यात्रुको संख्यामा कमि आउन थालेपछि एयरलाइन्सहरूले उडान कटौती वा मर्ज गर्न थालेको सम्बद्ध एयरलाइन्स कम्पनिहरूले जनाएका छन् । पछिल्लो समय ८ देखि १० प्रतिशतले आन्तरिक उडानका यात्रुको संख्यामा कमि आएको यति एयरलाइन्स चन्द्रगढी विमानस्थलका स्टेशन म्यानेजर रेवत कार्कीले जानकारी दिए । जसले गर्दा दैनिक लाखौं रुपैयाँसम्म नोक्सानी भइरहेको छ ।
कार्कीका अनुसार साताको मंगलबार र शनिबार त यस विमानस्थलबाट काठमाडौं जाने आउने यात्रुको संख्यामा निक्कै कमी आउने गरेको छ । यात्रुको संख्यामा कमी आएपछि यति र श्री एयरलाइन्सले उडान कटौती गरी मर्ज गर्ने गरेको स्टेशन म्यानेजर कार्कीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार अप्रिल १ अर्थात् चैत १८ पछि आन्तरिक उडानका यात्रुको संख्या निक्कै घटेको हो ।
हवाई भाडा बढेसँगै आन्तरिक उडानका यात्रुहरु दैनिक घटिरहेको बुद्ध एयर चन्द्रगढी विमानस्थलका स्टेशन म्यानेजर ओम प्रधानङ्गले बताए । यस विमानस्थलबाट बुद्ध एयरका छ वटा जहाजले उडान भर्दै आएपनि यात्रुको संख्यामा कमी आएपछि हाल ४ देखि ५ वटासम्म जहाजले उडान भर्दैं आएको उनको भनाई छ । अत्यावश्यकबाहेकका यात्रुले सकभर गाडीकै यात्रा गर्न थालेपछि हवाई यात्रुको संख्या घटेको ट्राभल मञ्च झापा नेपालका अध्यक्ष एवम् नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले बताए । यसरी यात्रु संख्या घट्दा एयरलाइन्सलाई मात्र नभएर नेपालको पर्यटन क्षेत्रमा समेत नकरात्मक असर पुगेको उनको भनाई छ । पूर्वीनाका भएर नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमि आउन थालेपछि ट्राभल एजेन्सी, होटल व्यवसायी, रेष्टुरेन्ट सञ्चालकहरुसहित स्थानीय व्यवसायीहरुलाई समेत प्रत्यक्ष रुपमा असर पुगेको पानामा ट्राभल्स एण्ड टुर्सका सञ्चालक समेत रहेका श्रेष्ठको भनाई छ ।

पूर्वी नेपालको झापा भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट साढे नौ महिनामा दुई लाख ९२ हजार ८१ यात्रुले सेवा लिएका छन् । कार्यालय प्रमुख किशोरकुमार खत्रीका अनुसार चालु आर्थिक वर्ष २०८२/ ८३ को साउनदेखि बैशाख महिनाको १३ गतेसम्म यो विमानस्थलबाट एक लाख ४९ हजार चार सय ५७ विभिन्न यात्रुहरु काठमाडौं प्रस्थान गरेको तथा सोहि अवधिमा एकलाख ४२ हजार छ सय २४ यात्रुहरु काठमाडौंबाट विभिन्न ठाउँसम्म जानका लागि यो विमानस्थलसम्म आएको खत्रीको भनाई छ । गत आर्थिक वर्ष २०८१/८२ को एकवर्षे अवधिमा यो विमानस्थलमार्फत तीन लाख ७६ हजार चार सय २७ यात्रुले झापा काठमाडौं आवतजावत गरेको विमानस्थल कार्यालयको तथ्यांक छ ।

सो अवधिमा एक लाख ९६ हजार चार सय १७ काठमाडौं प्रस्थान गर्दा एक लाख ८० हजार १० जना आएका छन् । कार्यालयका अनुसार यो विमानस्थल भएर मासिक १२ हजार तीन सय ६७ जति यात्रुहरुले काठमाडौं उडान सुविधा लिने गरेका छन् । तर, पछिल्लो समय यात्रुको संख्या घटेर थोरै यात्रुले उडान गर्ने गरेको बताइएको छ । १२ हजार १७ जना यात्रु काठमाडौं भएर झापा आउने गरेका छन् ।
देशभरका आन्तरिक विमानस्थलहरुमध्ये झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल सर्वोत्कृष्ट मानिन्छ । वर्षको सर्वोत्कृष्ट विमानस्थल समेत घोषणा भएको यो विमानस्थलले विमानस्थलको पूर्वाधार विकास तथा विस्तार, यात्रु सेवा सुविधा विस्तार, उडान संचालन, उडान तथा विमानस्थलको सुरक्षा र विमानस्थलको सौन्दर्यीकरण गर्न उल्लेखिय एवम अनुकरणीय छ ।चन्द्रगढी विमानस्थल २०२६ साल सञ्चालनमा आएको हो । सुरुमा घाँसे मैदान रहेको विमानस्थलमा अहिले आधुनीकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.