सामुदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहिताका बारेमा अन्तरक्रिया

२१ कात्तिक, भद्रपुर : कुनै पनि राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता र कुनै पनि उम्मेदवारको प्रचार संयन्त्रका रुपमा सामुदायिक रेडियो रेडियोकर्मी र सञ्चालकलाई प्रस्तुत हुन नपाईने सहितको निर्वाचन आचारसंहिता २०७९ सामुदायिक रेडियो प्रसारक संघले सार्वजनिक गरेको छ ।

४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि संघले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ सातवटै प्रदेशका एक एकवटा जिल्लामा सार्वजनिक गर्ने क्रममा सोमबार १ नम्बर प्रदेशको झापा जिल्लामा सार्वजनिक गदैं सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

भद्रपुरमा सामुदायिक रेडियो प्रसारक संघ अकोरावका उपाध्यक्ष बन्दना दनुवारले प्रोजेक्टरमार्फत संघको आचारसंहिता प्रस्तुत गदैं सरोकारवाला र स्थानीय सञ्चारकर्मीबीच अन्तरक्रिया गरिएको थियो । झापा निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावलीको प्रमुख आथित्यतामा सार्वजनिक गरिएको आचारसंहिता २०७९ मा निर्वाचनका बखत सामुदायिक रेडियो, रेडियोकर्मीले के गर्ने के नगर्ने उल्लेख छ ।

निर्वाचनलाई मर्यादित र शन्तिपूर्ण ढंगले सम्पन्न गर्न सहयोग पुर्याउनु सामुदायिक रेडियो, रेडियोकर्मी र सञ्चालकको कर्तव्य हुने, निर्वाचन आयोगलगायत नेपाल सरकारमा सम्बनिधत निकायबाट जारी निर्वाचनसम्बन्धी आचारसंहिता र अन्य प्रावधान अवलम्बन गर्नुपर्ने, निर्वाचनसम्बन्धी सामग्री सम्प्रेषण गर्ने सन्दर्भमा बहुदवादी अवधारणलाई स्वीकर गर्दै कुनै पनि अवस्थामा कसैप्रति कुनै पनि प्रकाशरको भेदभाव गर्नुनहुने, निर्वाचनलाई सफल बनाउन मतदाता शिक्षाको प्चार प्रसारमा भूमिका निर्वाह गर्नु सदस्य रेडियोको कर्तव्य हुने, कुनै पनि सामग्री सम्प्रेषणका सन्दर्भमा सत्य तथ्यको सुनिश्चितता गदैं अनिवार्य सन्तुलन कायम गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

सामुदयिक रेडियोकर्मी र सञ्चालक समितिका कार्यकारी पदमा रहेका व्यक्तिहरुले निर्वाचनमा कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जाल र न्यू मिडियाका माध्यमहरुबाट कुनै पनि किसिमका सामग्री पोस्ट शेयर लाईक कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने आचारसंहितामा उल्लेख छ । सामुदायिक रेडियो र सरसँग सम्बन्धित रेडियोकर्मी र सञ्चालकका सवारीलगायतका कुनै पनि साधन दल र उम्मेदवारको चुनाव प्रचारको पक्षमा प्रयोग गरिनु नहुने तर, मतदाता शिक्षाका लागि यस्ता साधनको प्रयोगलाई अनुचित नमानिने उल्लेख छ । आशय बिग्रने गरी गलत मनशायले कुनै सामग्री सम्प्रेषण गर्न नहुने, सामुदायिक रेडियोकर्मी र सञ्चालक सम्बद्घ रेडियोको कार्उसमिति वा कुनै कायृकारी पदमा रहेकै अवस्थामा उम्मेदवार बन्न नहुनेलगायत आचारसंहितामा उल्लेख छ ।

कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, महिला विकास निरीक्षक जयन्ती खरेल, निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपाल, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्वर बराल, पूर्वअध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेललगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि पत्रकारसहित सरोकारवालाहरुको उपस्थिती थियो ।

नागरिक एफएमका प्रवन्ध निर्देशक चिन्तामणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो साथीका प्रवन्ध निर्देशक पुनम प्रधानले स्वागत र समाचार सम्पादक सुष्मा राजवंशीले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.