लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा कुलप्रसाद केसीको नाम सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन , काठमाडौँ। लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीको लागि माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीको दाबी पेस भएको छ । गठबन्धन दलका ४२ जना प्रदेश सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

केसीलाई नयाँ मुख्यमन्त्रीको लागि हस्ताक्षर गर्नेमा नेकपा माओवादी केन्द्रका १९ जना सांसद, नेपाली काङ्ग्रेस १८ जना सांसद, जसपा नेपालका तीन जना सांसद, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.