आगामी स्थानीय तह निर्वाचनबाटै जिल्ला बाहिरबाट मतदानको अभ्यास गर्न निर्वाचन आयोगको सुझाव

कानूनी र प्राविधिक व्यवस्था मिलाउन सके यसै वर्षको अन्त्य वा आगामी वर्षको आरम्भमा हुने स्थानीय तह निर्वाचनबाटै निश्चित स्थानबाट अन्तर जिल्ला मतदानको अभ्यास सुरु गर्न सकिने प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
निर्वाचन आयोगको लोगो तथा मतदानसम्बन्धी कागजात

📌 मुख्य बुँदाहरू:

  • निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनबाटै जिल्ला बाहिरबाट मतदानको अभ्यास गर्न सकिने प्रतिवेदन सरकारलाई बुझायो।
  • हरेक प्रदेशको कम्तीमा एक स्थानबाट अन्तर जिल्ला मतदान सुरु गर्न सकिने सम्भावना आयोगले औँल्याएको छ।
  • गृह मन्त्रालयले अन्तर जिल्ला र बाह्य मतदानको व्यवस्थाका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ।
  • कानून र प्रविधिको तयारी गर्दै चरणबद्ध रूपमा सङ्घीय निर्वाचनसम्म विदेशबाट पनि मतदानको व्यवस्था मिलाउने आयोगको सोच छ।

आगामी स्थानीय तह निर्वाचनबाटै जिल्ला बाहिरबाट मतदानको अभ्यास आरम्भ गर्नका लागि आवश्यक कानूनी र प्राविधिक व्यवस्था गर्न सुझाइएको प्रतिवेदन निर्वाचन आयोगले सरकारलाई बुझएको छ। आयोगले आवश्यक कानून र प्रविधि तयार भए यसै वर्षको अन्त्य वा आगामी वर्षको आरम्भतिर हुने स्थानीय तह निर्वाचनमा निश्चित स्थानहरूबाट अन्तर जिल्ला मतदानको परीक्षण गर्न सकिने उल्लेख गरेको छ।

निर्वाचन आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा. राजिब सुब्बाले दिएको जानकारी अनुसार विदेशबाट र निर्वाचन क्षेत्र बाहिरबाट चुनावमा सहभागी गराउन कानूनी तथा प्राविधिक रूपमा के गर्न सकिन्छ भन्नेबारेको प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको हो। प्राविधिक पक्षको प्रतिवेदनका संयोजक सुब्बाले हरेक प्रदेशको कम्तीमा एक स्थानबाट अन्तर जिल्ला मतदान सुरु गर्न सकिने सम्भावना औँल्याइएको बताए।


गृहमन्त्रीको सकारात्मक प्रतिक्रिया र चरणबद्ध विस्तारको योजना

आयोगका अनुसार गृहमन्त्री सुधन गुरुङले अन्तर जिल्ला र बाह्य मतदानको व्यवस्थाका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्। कानूनी प्रतिवेदनका संयोजक तथा निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले आगामी निर्वाचनहरूमा यसलाई चरणबद्ध रूपमा विस्तार गर्दै जाने सोच आयोगले बनाएको बताए।

स्थानीय तह निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सहज नदेखिए पनि केही निर्वाचन क्षेत्रबाट कार्यान्वयनमा लैजाने आयोगको तयारी छ। कानून र प्रविधिको पर्याप्त पूर्वाधार तयार भएमा प्रदेश सभा निर्वाचन हुँदै सङ्घीय निर्वाचनसम्म विदेशबाट समेत मतदानको व्यवस्था मिलाउन सकिने तर्फ आयोगले काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.