अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा भेट, विपद् र ऊर्जा सहकार्यमा छलफल

एनडीटीभी वर्ल्ड समिट २०२६ का क्रममा भएको संवादमा अर्थमन्त्री वाग्लेले नेपालका विपद् व्यवस्थापन र भूकम्पका बेला भारतले गरेको सहयोगप्रति आभार प्रकट गरेका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग संवाद गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

📌 मुख्य बुँदाहरू:

  • नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच प्रत्यक्ष संवाद भएको छ।
  • अर्थमन्त्री वाग्लेले रसुवा र भोटेकोसीको विपद् तथा २०१५ को भूकम्पमा भारतले गरेको शीघ्र सहयोगप्रति नेपाल आभारी रहेको बताएका छन्।
  • संवादका क्रममा विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जा क्षेत्रमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई संस्थागत गर्ने विषयमा कुराकानी भएको छ।
  • भारतीय विदेशमन्त्री जयशंकरले सम्भव भएका क्षेत्रमा औपचारिक संस्थागत संरचनाको महत्त्वमा जोड दिँदै अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई उदाहरणको रूपमा प्रस्तुत गरेका छन्।

नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ का क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच नेपाल–भारत सम्बन्ध र क्षेत्रीय चासोका विषयमा प्रत्यक्ष संवाद भएको छ। ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ शिर्षकको सम्मेलनमा भाग लिने क्रममा दुई देशका मन्त्रीहरूबीच द्विपक्षीय हित तथा क्षेत्रीय सहकार्यका विविध विषयमा कुराकानी भएको हो।

संवादका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा आएका विपद् र संकटको बेला भारतले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका छन्। अर्थ मन्त्रालयका अनुसार, जलवायु परिवर्तनका कारण रसुवा र भोटेकोसीमा हालै आएको विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले देखाएको तत्परताप्रति नेपालले उच्च सम्मान गरेको उनले बताए।


'नेपालको मन्त्रीको हैसियतमा म के भन्न सक्छु भने, हालैको विपद् र भूकम्प दुवै समयमा पहिलो केही घण्टामै भारत त्यहाँ उपस्थित भयो र हामीलाई असाधारण सहयोग गर्‍यो,' अर्थमन्त्री वाग्लेको भनाइ उद्धृत गर्दै मन्त्रालयले जनाएको छ, 'यसप्रति नेपाल अत्यन्तै आभारी छ।'

विपद् प्रतिकार्य र स्वच्छ ऊर्जा सहकार्यमा जोड

छलफलका अवसरमा अर्थमन्त्री वाग्लेले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता अति संवेदनशील क्षेत्रहरूमा द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय तहमा सहकार्यलाई अझ प्रभावकारी रूपमा संस्थागत गर्न सकिने सम्भावनाबारे जिज्ञासा राखेका थिए। नेपाल र भारतबीचका यस्ता साझा चासोका मुद्दाहरूमा व्यावहारिक साझेदारी बढाउनुपर्ने उनको धारणा थियो।

Khusi chhu
Khusi chhu

अर्थमन्त्रीको जिज्ञासाको जवाफ दिँदै भारतीय विदेशमन्त्री जयशंकरले द्विपक्षीय सम्बन्ध तथा आपसी हितका क्षेत्रमा औपचारिक संस्थागत संरचनाको भूमिका सधैं महत्त्वपूर्ण हुने बताएका छन्। उनले सम्भाव्य क्षेत्रहरूमा सहकार्यलाई मजदुर र संस्थागत रूप दिनुपर्ने औंल्याउँदै अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई त्यसको एक सफल उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.