१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

चन्द्रगढी विमानस्थल विस्तारको काम छिटै हुन्छ : मन्त्री भट्टराई

सेयर:

एक हप्ता लामो गृह जिल्ला ताप्लेजुङ्ग बसेर शुक्रबार काठमाडौं फर्किन झापाको चन्द्रगढी विमानस्थल हुँदै आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकारले घोषणा गरेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै अबका दिनमा लामो समय थला परेको पर्यटन क्षेत्र उठ्ने बताएका छन् ।

मन्त्री भट्टराईले भने, ‘महिनाको १० अर्ब जति पर्यटन क्षेत्रमा घाटा भएको तथ्यांक छ । यो अवधिमा १ खर्ब पर्यटन क्षेत्रले गुमाएको छ ।’ हिमाल आरोहण, पदयात्रा, होटल र होमस्टेहरु खुलिसकेको जानकारी दिँदै मन्त्री भट्टराईले अहिलेको अवस्थामा होसियारीका साथ आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताएका छन् । मन्त्री भट्टराईले विदेशी नागरीकहरुलाई पनि नेपाल आवागमनका निमित्त पर्यटक भिसा खुल्ला गर्ने तयारी पनि पुरा भएको बताए ।

मन्त्री भट्टराईले भने, ‘५० अर्बको पुनोरुत्थान कोष सरकारले खडा गरेको छ । त्यही कोषका माध्यम बाट थला परेका पर्यटन व्यावसायीले पर्यटन क्षेत्रलाई उठाउन थप सहयोग पुग्नेछ ।’ मन्त्रीले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘पर्यटन क्षेत्र पुरानै लयमा फर्किन समय लागे पनि अब फर्किने सुरु गर्न सकिन्छ ।’

मन्त्री भट्टराइले शुक्रबार बिहानै झापाकै केचनासम्म पुगेर त्यहाँको होचो भू-भागको पनि अवलोकन गरेका छन् । प्रदेश सभा सदस्य माननिय वसन्त बानियाका अनुसार मन्त्री भट्टराईले नेपालकै होचो भुभाग भनेर चिनिएको केचनाको गुरुयोजनाका बारेमा चासो देखाएको बताउँदै केचनालाई चिनाउनका निमित्त सरकारी तवरबाट विशेष पहल गर्ने जानकारी दिए ।

मन्त्री भट्टराईले चन्द्रगढी विमानस्थलको मास्टर प्लान र विस्तारका बारेमा बोल्दै मन्त्री भट्टराईले भने, ‘मास्टर प्लानको प्रक्रिया सकियसँगै विमानस्थल विस्तारको काम पनि छिटै सुरु हुन्छ ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।