९ फागुन, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । सोमबार उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा गठबन्धन नटुट्ने बताएका हुन्।
पौडेलसँगको छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफूले छलफलको क्रममा गठबन्धन नटुट्नेमा ढुक्क रहन पौडेललाई आग्रह गरेको बताएका छन्। पौडेलले एमसिसीको समस्या समाधन गर्न र गठबन्धन बचाउन आग्रह गरेको उनले बताए।
‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुप¥यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भनेँ त्यही हो,’ पत्रकारहरुसँग प्रचण्डले भने।
उनले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) संसदको प्रकृयाबाट टुंगिने समेत बताएका छन् ।























