१२ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

जनताका लागि काम भएन : अध्यक्ष ओली

सेयर:

२३ वैशाख, गौर : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले जनताको लागि विकास नगरेको आरोप लगाउनुभएको छ। रौतहटको गौर राईस मिलको मैदानमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो।

अध्यक्ष ओलीले यो सरकारबाट देशको विकास तथा जनताको समस्या सामाधान नहुने दाबीसमेत गर्नुभयो। गठबन्धनको सरकारले नेकपा एमालेको खुट्टा तान्नेबाहेक अरु काम नगरेको उहाँको आरोप छ।

आफ्नो पार्टीको सरकार आए गौरको हरेक क्षेत्रको विकास हुने दाबी ओलीले गर्नुभएको छ। जिल्ला अध्यक्ष त्रिभुवन साहको सभापतित्वमा सम्पन्न सभामा स्थायी समिति सदस्य प्रभु साह, गौर नगरपालिकाका मेयर उम्मेदवार अनिलकुमार मिश्रले सम्बोधन गर्नुभयो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।