दाङको घोराहीमा प्रधानमन्त्री ओलीको सर्मथन , विरोध दुवै

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: १४८

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन  गरेपछि प्रधानमन्त्रीको कतै सर्मथन कतै विरोध हुन थालेको छ । दाङको घोराहीमा बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध विरोध प्रर्दशन भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका युवाले साँझ राँके जुलुस निकालेर प्रधानमन्त्री केपी ओलीविरूद्ध नारावाजी गरेका छन्।

उनीहरूले ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिएर गल्ती सच्याउनसमेत माग गरे।

‘केपी ओली मुर्दावाद, पदबाट राजीनामा दे, असंवैधानिक कदम खारेज गर’ लगायतका नारा लगाउँदै घोराहीमा मसाल जुलुस निकालेका थिए‍।

मसाल जुलस निकाले लगतै त्यहाँ ठूलो संख्यामा प्रहरी पुगेको थियो। प्रहरीले उनीहरुको हातको मसाल खोसेर निभाएको थियो।

पूर्व सभामुख कृष्णबहादुर महरा र मुख्य मन्त्री शंकर पोखरेलले चुनाव जितेको ठाउँमा लागेको यो नारालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ। महरा प्रचण्ड–नेपाल पक्षमा छन् भने मुख्य मन्त्री पोखरेल ओली पक्षधर हुन्।

दुई दिन आगडि मात्रै घोराहीमा ओलीको समर्थनमा प्रर्दशन भएको थियो। ओलीका समर्थकले पनि प्रचण्ड मुर्दावाद! भन्दै नारा लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.