गुजरातलाई हराउँदै चेन्नाई आईपीएलको फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

१० जेठ, काठमाडौँ : गुजरात टाइटन्सविरुद्ध १५ रनको जित निकाल्दै चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । चेन्नाई १०औं पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।

मंगलबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याउने क्रममा साविक विजेता गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र जोड्न सक्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका रितुराज गाइकवाडले ६० रन बनाए । गाइकवाडले ४४ बलमा सात चौका र एक छ्क्का प्रहार गरे । डेवोन कोन्वेले ४० र मोइन अलिले २२ रन थपे । अजिन्क्या रहाने र अम्बती रायडुले समान १७ रन जोडे ।

गुजरातका मोहम्मद सामी र मोहित शर्माले समान दुई विकेट लिए । नूर अहमेद, राशिद खान र दर्शन नालखन्डेले एक-एक विकेट लिए ।

रनको लक्ष्यसहित मैदान उत्रिएको गुजरातका सुभमन गिलले ४२ रन बनाए । राशिद खानले ३०, दसुन सनाकाले १७, विजय शंकरले १४ र रिद्दिमान साहले १२ रन जोडे ।

चेन्नाईका रविन्द्र जडेजा, दीपक चहर, महिष थिक्षणा र मथिसा पथिरानाले समान दुई विकेट लिए । तुसार देशपान्डेले एक विकेट हात पारे ।

जितसँगै फाइनलमा स्थान बनाएको चेन्नाईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । गुजरातले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटर विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.