चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट, भाग्यमानी २ जनालाई ११ कित्ता शेयर, १० लाख ७१ हजार आवेदकको हात खाली

A notice in Nepali from Mechinagar Ward No. 10

चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँट गरिएको छ। अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गर्न भएका छन्।
कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउएका छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.