तीन महिनामा काँकरभिट्टा नाका भएर एक हजार बढि पर्यटक नेपाल भित्रिए

A notice in Nepali from Mechinagar Ward No. 10

१३ कात्तिक मेचीनगर : चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको पूर्वीद्वार काँकरभिट्टा नाका भएर एक हजार एक सय ६ जना पर्यटक नेपाल घुम्न आएका छन् ।
चालू आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोज महिनासम्म यतिको संख्यामा पर्यटक काँकरभिट्टा नाका भएर स्थलमार्ग हुर्दै नेपाल भित्रिएको अध्यगमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
पर्यटक आगमनको मौसम सुरु भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्यामा हरेक महिना बढ्ने र घट्ने भएको कार्यालयको अभिलेखले स्पष्ट पारेको छ । कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार
चालू आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा दुई सय ८१ जना जना पर्यटक नेपाल भित्रिएका थिए । तर, भदौ महिनामा दुई सय २० जना विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन् । जुन संख्या साउनको तुलनामा ६१ जनाले कमि हो ।
अघिल्ला दुई महिनाको तुलनामा नेपाल आउने पर्यटकको संख्यामा बृद्धि भएर असोज महिनामा ६ सय पाँच जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका छन् । तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकरभिट्टा नाकाबाट भित्रिने गरेको कार्यालयले जनाएको छ । असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ ।
पूर्वीनाकाबाट भूटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बंगलादेश लगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख भट्टराईले जानकारी दिए ।
सबैभन्दा धेरै पर्यटक भूटानबाट भित्रिएका छन् । असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ ।
तीन महिनामा भूटानबाट चार सय ७८ जना, अमेरिकाबाट दुई सय ४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बंगलादेशबाट ३५ जना पर्यटक पूर्वीनाका हुँदै नेपाल प्रवेश गरेको कार्यालयका प्रमुख भट्टराइृको भनाई छ ।
यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसा समेत जारी हुने गरेको छ । चालू आवको तीन महिनामा नौ सय ९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको भट्टराईले बताए ।
पूर्वीनाका भएर तीन महिनामा नौ ८५ जना विदेशी नागरिक भारत गएका छन् । जसमा साउनमा तीन सय १८ जना, भदौमा दुई सय ३० जना र असोजमा चार सय ३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन् । काँकरभिट्टाबाट चन्द्रगढी विमान स्थल निक्कै नजीक पर्ने तथा सुविधा सम्पन्न डिलक्स बसहरु समेतको सुविधा भएकाले पर्यटकहरु यो नाका भएर घुम्न आउने गरेका छन् । पर्यटन मञ्च झापा, नेपालका अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ विविध कारणले खस्किएको पर्यटन व्यवसाय विस्तारै पुरानो लयमा फर्किन लागेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.