पिछडा वर्ग प्रति सरकार गंभिर नभएको गुनासो

A notice in Nepali from Mechinagar Ward No. 10

धुलावारी,१७ माघ | राज्यका हरेक तहमा सरकारले पिछडा वर्गलाई अवसर दिनुपर्ने शनिवार झापाको धुलावारीमा सम्पन्न कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

पिछडा वर्ग महासंघ मेचीनगरको प्रथम नगर अधिवेसनलाई सम्बोधन गर्दै महासंघका अगुवाहरूले सरकारले पिछडा वर्गका हकहित अधिकार रक्षाका लागि खासै चासो नदिएको गुनासो गरेका थिए । मुलुकमा धेरै व्यवस्था परिवर्तन भए पनि पिछडा वर्गको जीवन स्तरमा कुनै परिवर्तन नआएको उनीहरूको भनाई थियो ।

पिछडा वर्ग महासंघले आफ्ना हकहित अधिकार र पहिचानकालागि सरकारसँग पटक  पटक छलफल र वार्ता गरे पनि खासै उपलब्धि नभएको महासंघ १ नम्वर प्रदेश अध्यक्ष कृष्ण मेहताले बताउनुभयो । उहाँले लामो संघर्ष पश्चात पिछडा वर्गलाई सरकारले सुचीकृत गरे पनि नेपालमा शैक्षिक, साँस्कृतिक ,आर्थिकलगायत विभिन्न कारणले पछि परेका वर्गलाई राज्यले समावेशी र जनसंख्याका आधारमा अवसर प्रदान गर्नुपर्ने जोड दिनुभयो।

मुलुक संघीयतामा प्रवेश गरेपनि, तीन तहको सरकार गठन भएपनि सरकारले पिछडा वर्गको कला, संस्कृतिक, पहिचानलगायका बिषयमा उचितरूपले सम्बोधन गर्न नसकेको महासंघ झापा जिल्लाका पुर्व अध्यक्ष शिवशंकर शर्माले टिप्पणी गर्नुभयो । जबसम्म वर्गीय विभेदको अन्त्य हुदैन तवसम्म पिछडा वर्गको पहिचान संकटमा पर्ने शर्माको भनाई थियो । पछिडा वर्ग ओविसीमा कुसुवाह, कुर्मी,कुम्हाल, यादव, मण्डल, कलवार,कानु,वनियाँ, राजभर,राजवोध,लोहार,मेहता,सुरी सैनी,रौनिया,माली, मल्लाह,तेली,नुनिया,सोनारलगायतका ३५ जाति पर्ने शर्माको भनाई छ । कार्यक्रममा बोल्ने पिछडा वर्गका अगुवाहरूले सरकारले बजेट विनियोजन गर्दा समानरूपमा गर्नुपर्ने बताए ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारले सवै जातजाति,वर्ग, समुदायका धर्म, कला, संस्कृति ,पहिचानको संरक्षणकालागि कुनै कुरामा कमि आउन नदिने विश्वास दिलाउनुभयो ।

उहाँले नगरका सवै समुदायलाई एउटै मालामा उन्न नगरपालिका सक्रियरूपमा लागि परेको भन्दै कुनै वर्ग समुदायलाई उनीहरूका हक,हित,रअधिकारबाट बञ्चित नगर्ने उहाँको भनाई थियो । पिछडा वर्गकालागि नगरपालिकामा अवसरहरू प्रशस्त रहेकाले ती अवसर प्राप्त गर्न अघि बढ्न उपप्रमुख उप्रेतीले सुझाव दिनुभयो । उहाँले महिला सशक्तिकरणका धेरै कार्यक्रम रहेकाले ती कार्यक्रममा पिछडा वर्गका महिलाहरूको उपस्थितिकालागि आग्रह समेत गर्नुभयो । उपप्रमुख उप्रेतीले सीपमुलक र रोजगार सम्बन्धि धेरै कार्यक्रम नगरपालिकासँग रहेकाले प्रतिनिधिमुलकढंगले यस्ता कार्यक्रम लिनका लागि प्रक्रियागतरूपमा नगरपालिकासँग समन्वय गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा मेचीनगर १० नम्वर वडाका अध्यक्ष सुवेशकुमार पनेरू, महासंघका झापा अध्यक्ष राजकुमार ठाकुर, १ नम्वर प्रदेश प्रतिनिध सचिनन्द ठाकुरलगायतले बोल्नुभएको थियो । नगर अध्यक्ष रामकुमार मण्डलको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन सत्रको सञ्चालन नगर सचिव शिवशंकर शाह र स्वागत लक्षेन्द्रप्रसाद यादवले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.