१३ कात्तिक मेचीनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नम्बर १ का संयोजक कमल गौतमले आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुख /उपप्रमुख वा कुनै पनि पदमा सञ्चारमाध्यम प्रयोग गरी बयान लेख्न चर्चा चलाउन लगाउने र सञ्चारमाध्यममा प्रशंसा गर्न लगाउने कार्य प्रति विमति जनाएका छन् ।
झापा मेचीनगर नगरपालिकामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगरप्रमुखका लागि आगामी स्थानीय तहको निर्वाचनमा आकांक्षीहरुको नाम सञ्चारमाध्यमबाट सार्वजनिक भए लगत्तै झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य निशा डाँगीको सचिवालयका प्रमुख समेत रहेका गौतमले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट कुन पालिकाको प्रमुख को बन्छ भन्ने विषयमा कसैले प्रचार नगरे हुने भिडियो सन्देशमा भनेका छन् ।
मेचीनगर नगरपालिका वडानम्बर– २ को पार्टी सभापति, मेचीनगर नगर समितिको मनोनित सचिव,पार्टीको मेचीनगर सभापतिमा २०८१ सालमा निर्विरोध चयन भएर जिम्मेवारी बहन गरेका पेशाले लेखापढी कानून व्यवसायी र निर्माण व्यवसायी, मैत्री कन्स्ट्रक्सन प्रालि, बेदाम्बर फिजियोथेरापी सेन्टरका सञ्चालक समेत हुन् कमल गौतम । उनले महाधिवेशन प्रतिनिधि समेतको भूमिकामा आफूलाई उभ्याउन सफल भएका छन् । आफूलाई पार्टीको एउटा सिपाही अभियन्ता र सक्रिय क्रियाशील कार्यकर्ताका रुपमा चिनाउने गरेका छन् । मिडियाबाजी र आफूले रहर गरेर मेयर नबन्ने उनको सन्देश छ ।
‘नमस्कार मेचीनगरको मेयर फलानो भनेर केही मिडियामा बयान लेख्न लाउने, चर्चा चलाउन लाउने, मिडियामा प्रशंसा गर्न लाउने केही साथीहरुसँग मेरो विमति छ । यो राष्ट्रिय स्वतन्त्र पार्टीको कुन पालिकाको को मेयर बन्छ भन्ने विषयमा कसैले प्रचार नगरे हुन्छ । क्यान्डिडेट क्लवको अवधारण अनुसार र त्यो परीक्षामा समावेश भईसकेपछि त्यो मुल्याङ्कनमा तपाई पर्नुभयो भने तपाई जो पनि मेयर हो । र त्यो मुल्याङ्कनमा तपाई पर्नु भएन भने तपाई मेयर होइन । अब मेरो सन्दर्भमा पनि केही पत्रकारले लेखिदिनु भएको रहेछ । फलानो आकांक्षी भनेर, तर मलाई नसोधी आकांक्षी हो कि होइन कि कृपया नलेखी दिनुहोला । किन भने, म त्यो परीक्षमा समावेश हुने र छु भने पनि त्यो परीक्षामा समावेश हुने बेलामा थाहा हुन्छ, र कुन पदमा कहाँ आकांक्षी हो कि म होइन कि भन्ने कुरा चाँहि मिडिया ट्रायल गराएर फलानाको पक्षमा यति लामो बयान गरेर अनि फलानो पनि आकांक्षी नलेखीदिनुहोला कृपया । किन भने यो अस्वस्थ्य खेल खेल्नु हुदैंन हामी एउटा सिपाही हौं । राष्ट्रिय स्वतन्त्र पार्टीका हामी अभियन्ता हौं , सक्रिय क्रियाशील कार्यकर्ता हौं , संगठनमा छौ, संगठनमा रमारहेका छौ, संगठन सुधार गरौं, जनताको सेवामा लागौं होइन । त्यो काम गर्नुपर्छ, अहिले फलानो मेयर अरे, फलानोको खुव चर्चा छ अरे त्यो राम्रो होइन साथीहरु । म सवैलाई भन्छु, न तपाईहरुको मिडियाबाजीले तपाई मेयर हुने हो, न हाम्रो रहरले हामी मेयर हुने हो, केही होइन । यो प्रक्रियामा छिर्न पर्छ । प्रक्रियाबाट अगाडी बढ्दै गर्दा मुल्याङ्कनमा को पर्छ त्यो मेयर बन्छ । क्षमतामा को पर्छ त्यो मेयर हुन्छ । जनताको सेवामा को पर्छ त्यो मेयर हुन्छ । र हाम्रो एउटा अर्को अवधारणा पनि छ नि हामी देखिएका भन्दा छुट्टै आउने पनि अवधारणा छ । त्यो व्यक्ति पनि आउन सक्छ । त्यसैले मिडियाबाजी गरेर फलानो चर्चा, फलानोले जित्छ भन्ने खालका कुरा नगरी दिनुहोला । फ्यासै चिनि त हालिन्छ कल्ले कल्ले लेखाएको रहेछ भन्ने कुरा । त्यसैले तपाईले यति लामो लेखाउँदैमा तपाई हुने, तपाईले नलेखाउँदैमा तपाई नहुने भन्ने चाँहि हुदैंन । त्यसैले मेयर यो अरे, यो अरे भन्ने बेलै आएको छैन् । छ सात महिना आठ महिना चाँहि अझै चाँहि निर्वाचन हुन बाकी छ । निर्वाचनमा जनताको आगनमा पुगौंन । सवै जना मिलेर पुगौं । मिलेर ती मध्ये सवैमध्ये एकजना मेयर हो । उहाँलाई नै जिताउँ । आफुलाई सिपाही सम्झिउँ । म अहिलेलाई क भन्छु मेरोतर्फबाट भने म जिताउने लाइनको सवैभन्दा अगाडी म हुनेछु । नमस्कार । ’ उनले भिडियो सन्देशमा भनेका छन् ।
क्यान्डिडेट क्लवमा नाम दर्ता गर्न अझै समय रहेकाले स्वघोषित उम्मेद्वार बन्ने प्रथामा आफू कहिल्यै पनि नलाग्ने उनको भनाई छ । आउँदो स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न चाहने रास्वपाका आकांक्षीहरुले उम्मेद्वार (क्यान्डिडेट) क्लवमा समावेश हुनुपर्ने विधानको प्रावधान छ ।
गौतमसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु सन्तोष राजबंशी,ओम भण्डारी, ऋषि तिम्सिना, शिशिर पोखरेल र असीम दाहालको नाम रास्वपा उम्मेद्वारको रुपमा अग्रपंक्तिमा चर्चा हुने गरेको समाचार आए लगत्तै उनले भिडियो सन्देश आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

















