वरिष्ठ पत्रकार नकुल काजी सम्मानित, ‘लाल–भागिरथा उत्कृष्ट प्रतिभा’ पुरस्कार समेत प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

२० मंसिर, मेचीनगर : यसवर्षको ‘लाल–भागिरथा उत्कृष्ट प्रतिभा’ पुरस्कार वरिष्ठ पत्रकार नकुल काजी ‐उर्फ—व्यंगयनारान पाँडे) लाई प्रदान गरीएको छ । झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको लाल —भागिरथा बानियाँ प्रतिष्ठानले मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा सातौ वार्षिकोत्सव एवम् सम्मान कार्यक्रमको अवसरमा वरिष्ठ पत्रकार काजीसहित विभिन्न विधाका व्यक्तिलाई शनिबार सम्मान तथा पुरस्कृत गरेको हो ।

झापामा रहेर नेपाली पत्रकारिता र साहित्य लेखनको माध्यमबाट देशको नाम उच्च बनाएको भन्दैं उनलाई उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतले पुरस्कृत तथा सम्मनित व्यक्तित्व काजीलाई सम्मान—पत्र तथा दोसल्ला पहिर्याएका थिए भने विशिष्ट अतिथि वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले माला र खादा तथा आयोजक प्रतिष्ठानका अध्यक्ष हरचिरण बाानियाले नगद ३१ हजार रुपैयाँको थैलो हस्तान्तरण गरेका थिए । दुई दर्जन बढी कृति प्रकाशित र विवेचना, झापा एक्सप्रेस, इस्र्टन इको, बरुणलगायतका पत्रपत्रिकाको सम्पादन गर्नु हुने वरिष्ठ पत्रकार काजी झापा भद्रपुर–८ का स्थायी बासिन्दा हुन् ।

प्रतिष्ठानले सातौ वार्षिकोत्सवका अवसरमा मेचीनगर–९ मा अर्गानिक कृषि खेती गर्दै आएको उज्यालो भविष्य जैविक कृषक समूहलाई ‘लालबहादुर उत्कृष्ट कृषि पुरस्कार’ ‘भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार ’ मेचीनगर–७ स्थित मदनवस्ती निवासी मालती राजबंशीलाई प्रदान गरेको छ । पुरस्कारको राशी जनही ३१ हजार रुपैयाँ, सम्मान पत्र दोसल्ला रहेको छ । ७० वर्षीया उत्कृष्ट गृहिणी राजबंशी १२२ वर्षीया सासुआमा पुहानी राजबंशीको हेरचाह गर्दै आएकी छन् ।

यसैगरी प्रतिष्ठानले हरेक वर्ष प्रदान गरिने मातापिता सम्मान स्वरुप मेचीनगर–११ निवासी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरेको छ । जसमा ९० वर्षीय हेमलाल र ८१ वर्षीया तुलसा खतिवडा छन् । उनीहरुलाई आफ्ना माता पिता सरह स्मरण गर्दै नगद र दोसल्लासहित सम्मान गरीएको हो । प्रतिष्ठानले ओजना गरेको ‘ज्येष्ठ नागरिकको अभिभाकत्व, युवा समूदायको संरक्षण गर्ने दायित्व’ विषयमा वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरीएको थियो । प्रतियोगितामा धुलाबारी माविकी जयन्ती बुढाथोकी प्रथम, मेचीनगर–१२ स्थित सरस्वती बालकल्याण माविका विद्यार्थी डिमेश्वरी भट्टराई दोस्रो, मेचीनगर–१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी तेस्रो र मेचीनगर–९ स्थित कवि शिरोमणि माविका साजन मगर सान्तवना भएका थिए ।

उनीहरुलाई क्रमस नगद तीनहजार, दुईहजार, नगद एकजार पाँचसय र नगद पाँच सय सहित प्रमाण पत्र प्राप्त गरिएको थियो ।प्रतियोगिताको निर्णायक मण्डल मेची क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख कमल गुरागाइँ, त्रिदेव क्याम्पस चारआलीका निवर्तमान क्याम्पस प्रमुख माधवप्रसाद प्याकुरेल र झापा तालिम केन्द्रका प्रशिक्षक भाष्कर घिमिरेले उनीहरुको नाम सार्वजनिक गरेको थियो । गरिएको गरेको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष बानियाँको अध्यक्षतामा भएको वार्षिकोत्सवमा प्रमुख अतिथि बस्नेत, सम्मनित व्यक्तित्वहरुकोतर्फबाट वरिष्ठ पत्रकार नकुल काजी, मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, ललिता कोइराला, जयन्ती बुढाथोकीलगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि बस्नेतले प्रतिष्ठान समाजमा उदारहणीय काम गरेर समाजलाई सफल गोरेटोतर्फ डोर्याएको बताए । यस्ता कामले उस्वेला समाजमा केही न केही नयाँ काम गर्ने प्रतिभाहरुप्रति सम्मान हुनेहुँदा आफूले पनि जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानद्वारा यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए । वरिष्ठ पत्रकार काजीले आफूलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।उनले भाषा, कला, साहित्यलाई देशको सीमाले छेक्न नसक्ने बताए ।

प्रतिष्ठानका सञ्चालक सदस्य उपेन्द्र बानियाँले सञ्चालन तथा कोषाध्यक्ष आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश, अध्यक्ष बानियाँले प्रतिष्ठानको विगत, वर्तमान र भावी लक्ष्य सुनाए । सचिव डम्बरबहादुर देउजाले सहभागी सवैलाई शब्दमार्फत स्वागत गरेका थिए । २०७६ सालमा झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहने गरी सातवर्ष अघि शिक्षासेवी हरिचरण बानियाँ र बानियाँदाजुभाईहरुको संयुक्त पहलमा स्वर्गीय मातापिता लालबहादुर र भागिरथा बानियाँको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले समाजमा विशिष्ट योगदान पुर्याउने प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले १० लाखको अक्षयकोष स्थापना गरेको छ । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउने प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले १० लाख रुपैयाँको सुरुवाती अक्षय कोष खडा गरेको थियो । कोषको व्याज रकमबाट हरेक वर्ष तीन जना प्रतिभालाई जनही ३१ हजार नगद पुरस्कार र सम्मानपत्रसहितको उत्कृष्ट पुरस्कार दिने गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.