धार्मिक स्थललाई वधशाला नबनाऔँ : पशुबलि प्रथा अन्त्य गर्नुपर्नेमा जोड

धार्मिक आस्थाका नाममा पशुमाथि हुने क्रूर व्यवहार रोक्न कानूनी र सामाजिक पहलको माग, बलिको विकल्प खोज्न वक्ताहरूको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10
पशुबलि प्रथाविरुद्ध आयोजित अन्तरसंवाद कार्यक्रमका सहभागीहरू

धार्मिक आस्था र परम्पराका नाममा दिइने पशुबलि प्रथामाथि पुनर्विचार गर्नुपระर धार्मिक, सामाजिक तथा कानूनी तहबाट पहल गर्नुपर्नेमा विभिन्न धर्मका गुरु, अधिकारकर्मी तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूले जोड दिएका छन्। शुक्रबार आयोजित एक अन्तरसंवाद कार्यक्रमका सहभागीहरूले धार्मिक स्थललाई वधशाला बनाउन नहुने भन्दै पशुबलि प्रथाको विकल्प खोज्नुपर्ने बताएका हुन्।

📌 मुख्य बुँदाहरू:

  • धार्मिक आस्था र परम्पराका नाममा दिइने पशुबलि प्रथामाथि पुनर्विचार गर्नुपर्नेमा विभिन्न क्षेत्रका वक्ताहरूको जोड
  • धार्मिक स्वतन्त्रताको नाममा पशुमाथि क्रूर यातना दिनु उचित नभएको जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माको भनाइ
  • धार्मिक स्थलहरू वधशालामा परिणत हुन थालेको भन्दै पशु अधिकारकर्मी स्नेहा श्रेष्ठद्वारा कडा आपत्ति

जागरण मिडिया सेन्टर, स्नेहाज केयर र अन्तरधार्मिक शान्ति महासंघ नेपालको संयुक्त आयोजनामा ‘करुणामय समाज निर्माणमा धार्मिक, आध्यात्मिक तथा सञ्चारको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले समयको परिवर्तनसँगै पशुबलिजस्ता कुप्रथामा पनि सुधार आवश्यक रहेको औँल्याएका छन्।

धार्मिक स्वतन्त्रता र पशु अधिकार

कार्यक्रममा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले संविधानको धारा ३६ ले धार्मिक स्वतन्त्रताको हक दिएको भए पनि सोही अधिकारको आडमा पशुमाथि क्रूर यातना दिने कार्य न्यायसंगत नभएको बताइन्। मासु खाने विषय फरक भए पनि बलिको नाममा पशुमाथि अत्यधिक क्रूरता प्रदर्शन गर्नु नहुने उनको भनाइ थियो। 'बलिको नाममा पशु नै किन? पशुबाहेक अरू वैकल्पिक उपाय पनि अपनाउन सकिन्छ,' उनले प्रश्न गरिन्। प्रविधिको विकाससँगै पूजाआजाका तौरतरिका फेरिएझैँ बलिको प्रथामाथि पनि खुला बहस चलाउनुपर्ने उनको जोड थियो।

धार्मिक स्थलको पवित्रता जोगाउन आग्रह

त्यस्तै, स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले हिन्दु धर्मको आस्था राखे पनि आफू पशु अधिकारको पक्षमा उभिएको स्पष्ट पार्दै धार्मिक स्थलहरू वधशालामा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गरिन्। बिस्केट जात्रा, महाअष्टमी, महानवमी, सिकाली जात्रा र दुर्गापूजालगायतका चाडपर्व तथा जात्राका अवसरमा पशुबलि दिने प्रचलन बढेको उल्लेख गर्दै उनले यसलाई रोक्न आग्रह गरिन्। पशुहरूमा पनि बाँच्ने इच्छा, पीडा महसुस गर्ने क्षमता र डर-त्रास हुने भएकाले आध्यात्मिक समर्पणका नाममा उनीहरूमाथि अत्याचार गर्न नहुने उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.