नगरपालिकाले समयमै भुक्तान नदिदाँ सहिद मार्ग अपलत्र, व्यवसायी भन्छन् -‘साढेको जुधाई बाच्छाको मिचाई ’

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
१ चैत, मेचीनगर : झापाको मेचीनगर नगरपालिका ‐स्थानीय सरकार) नगरका उद्योगी व्यवसायप्रति जिम्मेवार नबनेको भन्दै नगरका उद्योगी व्यवसायीहरुले नगर सञ्चालनको शैलीप्रति प्रश्न उठाएका छन् ।
कुनै वेला हङकङ मार्केटका रुपमा परिचित धुलावारीका व्यवसायीहरु नगर नेतृत्वसँग रुष्ट भएका छन् । नगरका उद्योगी व्यवसायीहरु आफ्ना समस्या लिएर नगरपालिका जाँदा नगर नेतृत्व गम्भीर नबनेको,आफुहरुले बुझाएका माग पत्र, अनुरोध पत्र, ज्ञापन पत्रहरुप्रति नगरपालिकाले खासै चासो नदिएको आरोप व्यवसायीहरुको छ ।
पछिल्लो समय मेचीनगर नगरपालिका-१० धुलाबारीमोडबाट बजार क्षेत्र हुँदै मेचीनगर-९ को खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म निर्माण शुरु गरिएको सहिदमार्ग निर्माणमा ढिलाई भएकोप्रति बजार क्षेत्रका उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । सहिदमार्गको निर्माण कार्य कछुवा गतिमा भएका कारण स्थानीय सरकारसँग यहाँका व्यवसायीहरु सन्तुष्ट हुने अवस्थामा छैनन् ।
मार्गको निर्माण कार्य ढिलाई भएका कारण स्थानीय व्यवसायीहरुले निक्कै ठूलो सास्ती व्यहोर्नुपरेको उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघ मेचीनगरले जनाएको छ ।
बन्दैं गरेको बाटोको हालतले अहिले सवै व्यवसायी फूर्सदमा रहेको व्यवसायीहरुको भनाई छ । पसलमा रहेका सवै सामान धूलोका कारण काम नै नलाग्ने अवस्थामा रहेको संघका अध्यक्ष खेमराज प्रसाईले बताए । ‘बाटोका कारण सवै कारोवार चौपट्ट छ, नगरपालिका कानमा तेल हालेर बस्छ’ अध्यक्ष प्रसाईले भने, ‘हामीले पटक पटक पालिका पुगेर मौखिक लिखित रुपमै स्थानीय सरकारको ध्यानाकर्षण गरायौं स्थानीय सरकार कुम्भकर्ण झै सुत्छ अनि भन्छ ,उद्योगी व्यवसायीका कारण काम अघि बढ्न पाएन् ।’ खासगरी मेचीनगर नगरपालिका वडा नम्बर-९ को कार्यालयदेखि मेचीनगर नगरपालिका वडा नम्बर -१० को धुलावारी मोडसम्म यो समस्या रहेको अध्यक्ष प्रसाईको भनाई छ ।
सहिदमार्गको स्तोरन्नतीका क्रममा धुलावारी बजारक्षेत्रमा साविकको बाटो भत्काएर ढल निर्माणका लागि खाल्डो खनेर आंशिक रुपमा ढल निर्माणको कार्य गरी विगत लामो समयदेखि सडक तथा ढल निर्माणको कार्य रोकिएपछि स्थानीय व्यवसायी र उपभोक्ताले समेत समस्या व्यहोर्नु परेको अध्यक्ष प्रसाईले गुनासो गरे । सडक निर्माण अवरुद्ध भएका कारणले स्थानीय व्यवसायीहरुको व्यवसायमा नकरात्मक असर परी बैंकको ब्याज, घरभाडा बुझाउँन समेत नसक्ने अवस्था सिर्जना भएको भन्दैं निरन्तर रुपमा संघमा गुनासो लिएर उद्योगी व्यवसायीहरु आउने गरेको अध्यक्ष प्रसाईको भनाई छ । प्रतिनिधि सभा सदस्य निर्वाचन -२०८२ का बखत पनि यहाँका सवै उद्योगी व्यवसायीहरुले झापा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वारहरुसँग पनि यो समस्या राखेको प्रसाईले बताए ।

अझ वर्षयामका समयमा त सडकका कारण थप जटिल समस्या उत्पन्न हुने व्यवसायीहरुको गुनासो छ । ‘यस सम्बन्धमा हामीले नगरपालिकामा पटक पटक ज्ञापन पत्र बुझाएका थियौ, ज्ञापन पत्र नगरपालिकाको डस्विनमा पुगे हाम्रा कुरा न जनप्रतिनिधिले सुने न कर्मचारीले सुने ’ अध्यक्ष प्रसाईले भने, ‘अब के गर्दा यो बाटोको निर्माण कार्य शुरु हुन्छ यहाँका उद्योगी व्यवसायीहरु त्यही गर्छन् । नगरपालिकामा तालाबन्दी गर्न समेत अब पछि हट्दिैन् ।’
अब नगरका उद्योगी व्यवसायीहरुको बृहद भेला गरेर समस्याको समाधान खोज्ने तयारीमा संघ छ । संघका उद्योग उपाध्यक्ष भूमि पौडेल अब नगरपालिका विरुद्ध यहाँका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिनुको विकल्प नभएको बताउँछन् । ‘हामीले नगरका राजनीति दललाई लिएर समेत स्थानीय सरकारको ढोका ढकढक्यायौं मेचीनगर समस्या सुन्ने पक्षमा छैन् ’ उद्योग उपाध्यक्ष पौडेलले भने, ‘यसकारण अब सडक आन्दोलनबाटै यसको समाधान हुन्छ हामी तयारीमा छौ ।’ ‘अत्यचारको पनि सीमा हुन्छ, नगरपालिकाको अत्यचारले सीमा नाघ्यो अब व्यवसायीहरु अत्यचार सहेर बस्ने अवस्थामा छैनन् । ’पौडेलले चेतावनी दिए ।
मेचीनगर पालिका उद्योगी व्यवसायी मैत्री नभएको व्यवसायीहरुको आरोप छ । ‘नगरपालिकामा कर बढेको बढ्यै छ, व्यपार उसैका कारण चौपट्ट छ व्यवसायीका समस्या के छ भनेर कहिल्यै सोध्दैन् ’ व्यवसायीहरु भन्छन, ‘अनि हाम्रो नगरपालिका भनेर यहाँका उद्योगी व्यवसायीहरुले अपनत्व गर्ने ठाउँ समेत छैन् ।’ ‘मेचीनगर कुम्भकर्ण झै सुत्यो, न व्यवासयीको समस्या बुझ्यो न समयमै उठ्यो’ उद्योगी व्यवसायीहरु भन्छन् ।

पछिल्लो समय स्थानीय र वडा सरकारले मेची उद्योग बाणिज्य संघका कारण बाटो नबनेको भन्ने भ्रम फैलाएको अध्यक्ष प्रसाईको भनाई छ । संघ हरेक उद्योगी व्यवसायीहरुको पक्षमा रहेको र यस विषयमा पटक पटक स्थानीय र वडा सरकारको ध्यानाकर्षण गराएको प्रसाईको भनाई छ ।
सहिदमार्गको निर्माण कम्पनि एनएनटी डेभलोपर्स प्रालि हो । यसबाट कञ्चल निर्माण सेवाले काम गरिरहेको छ । उस्का अनुसार सोमार्ग अन्तर्गत मेचीनगर वडा नम्बर – ९ मा अब एकसय मिटर कालोपत्र बाकी छ । वडा नम्बर -१० को दुवै ठाउँमा साईड खाली नभएर काम गर्न गाहे भएको छ ।
निर्माण व्यवसायीतर्फका इञ्जिनियर सरोज साह मेचीनगर नगरपालिकाले समयमै साइड खाली नगरेको तथा काम वापतको रकम भुक्तानी नगरेका कारण काममा ढिलासुस्ती भएको स्वीकार्छन् । ‘हामीले पटक पटक नगरपालिकालाई रकम भुक्तानीका लागि पत्रचार गरेका छौ, साईड खाली गराईदिनका लागि भनेका छौ न रकम पायौँ, न नगरपालिकाले साईड नै खाली गरिदियो । ’ इञ्जिनियर साहका अनुसार निर्माण व्यवसायीले काम गरे वापतको पौने तीन करोड रुपैयाँको बील भपाई नगरपालिकामा पेश गरेको छ । नगरपालिका रकम भुक्तानीका लागि आलटाल गरीरहेको बताइन्छ ।
                                                                                        कहानी
विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण कार्य शुरु भएको हो ।
सात प्रदेशका ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारको निर्णय अनुसार। उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ को मेचीनगरमा दुईवटा सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब बढी) ऋण उपलब्ध गराएको थियो । मेचीनगरको दुई महत्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकरभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको रु एक अर्ब तीन करोड ऋण लगानी छ ।
सहिदमार्ग अन्तर्गत धुलाबारी मोडदेखि बजार क्षेत्र हुँदै खुट्टिडाँगीको थोप्लेबिरान सामुदायिक बनको कार्यालयसम्म ५ दशमलव ३ किलोमिटर कालोपत्रे निर्माण हुनेछ । उक्त सडकको चौडाई १२ मिटर, ड्रेन र डबल लेन रहने छ ।
यसैगरी, सूर्योदय मार्ग अन्तर्गत पूर्वीनाकाको काँकरभिट्टास्थित भट्टराई चोकबाट सुरु भएर बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर लामो सडक कालोपत्रे, डबल लेन र ११ मिटर चौडाइको रहने छ । संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण हुने भएका छन् । विश्व बैंकसँगको सम्झौतामा ती दुबै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नु पर्ने उल्लेख थियो । सम्झौता अनुसारको समयमा काम नसकिएपछि पुस १५ गतेसम्म थप म्याद थपिएको इञ्चिनियर साहले बताए । तर, सम्झौतामा उल्लेखित समय १० महिना पार भईसक्दा सम्म बाटो अझै अधूरै भने म्याद थप गरेको अढाई महिना गुज्रिदाँसम्म काम भने सुस्त गतिमा भईरहेको स्थानीयको अरोप छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.