नवरात्रमा तिथि वृद्धि : आज पनि महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष तिथि बढेर दुई दिन अष्टमी परेकाले दशैँ घर तथा पूजा कोठामा महाअष्टमीको कर्म दोहोर्याउनुपर्ने भएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
हनुमानढोका दरबार परिसर र दशैँ पूजाको दृश्य

📌 मुख्य बुँदाहरू:

  • यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
  • कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्नेछ।
  • हनुमानढोकामा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने कात्तिक २ गते सोमबार राति हुने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ। समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्नेछ।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमै गरिने विधिअनुसार गर्नुपर्नेछ। दशैँ घर तथा पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा-आराधना गरिनेछ। अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरिएका विधिअनुसार दोहोर्याउनुपर्ने प्रा. डा. भट्टराईले बताए। अष्टमी दुई दिन परेका कारण यस वर्ष नवरात्र ९ दिनको नभई दशरात्र बन्न पुगेको छ। यसबाट विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिकै जमरा प्रयोग गर्न पाइने भएको छ भने देवीको साधना एवं पूजा-आराधना गर्न एक दिन बढ्दा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।

हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति

राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार कात्तिक २ गते सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायतका कर्म गर्ने परम्परा रहेकाले सोही अनुसार निर्णय गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.