एसियाली राजमार्गको भौतिक प्रगति सुस्त: ठेक्का अवधि सकिन लाग्दा आधा पनि भएन काम

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेनमा स्तरोन्नति भइरहेको ३४ अर्ब ९० करोडको यस आयोजनाको तीनवटै खण्डमा निर्माण गति सुस्त देखिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
स्तरोन्नति भइरहेको एसियाली राजमार्गको सडक खण्ड

📌 मुख्य बुँदाहरू:

  • महेन्द्र राजमार्ग अन्तर्गतको काँकरभिट्टा–लौकही ९५.७६ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने काम ३३ महिनादेखि जारी छ।
  • कुल ३४ अर्ब ९० करोड रुपैयाँ लागतको यस आयोजना २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • तीन प्याकेजमध्ये गोठगाउँ–लौकही खण्डको काम सबैभन्दा पछाडि परेको छ जहाँ भौतिक प्रगति २२.९ प्रतिशत मात्र छ।

महेन्द्र राजमार्ग अन्तर्गतको एसियाली राजमार्ग (एएच–२) को झापादेखि सुनसरी खण्डको भौतिक प्रगति तुलनात्मक रूपमा सुस्त देखिएको छ। ठेक्का अवधि सकिन लाग्दा आयोजनाको आधा काम पनि सम्पन्न हुन सकेको छैन।

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटर सडकलाई अत्याधुनिक चार लेनमा स्तरोन्नति गर्ने कार्य भइरहेको छ। कुल ३४ अर्ब ९० करोड रुपैयाँको लागतमा २०८० माघ १९ बाट निर्माण सुरु भएको कोशी प्रदेशको यो परिवर्तनकारी आयोजनालाई २०८३ माघ १८ सम्म सम्पन्न गर्ने कडा समयसीमा तोकिएको छ। सडक निर्माण सुरु भएको ३३ महिना बितिसक्दा पनि प्रगति सन्तोषजनक देखिएको छैन।

तीनवटै प्याकेजको प्रगति विवरण

यस आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरेर काम अगाडि बढाइएको छ। जसअन्तर्गत काँकरभिट्टा–सीतापुरी खण्डको भौतिक प्रगति ३९ दशमलव ४ प्रतिशत र वित्तीय प्रगति ३७ दशमलव ७ प्रतिशत रहेको छ।

त्यस्तै, सीतापुरी–गोठगाउँ खण्डको भौतिक प्रगति ४२ दशमलव ६ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ४ प्रतिशत पुगेको छ। तर, तुलनात्मक रूपमा गोठगाउँ–लौकही खण्डको काम भने निकै पछाडि परेको छ। यस खण्डमा भौतिक प्रगति २२ दशमलव ९ प्रतिशत र वित्तीय प्रगति १९ दशमलव ९ प्रतिशत मात्र सीमित रहेको छ। तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्माण गति तीव्र पार्नुपर्ने दबाब बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.