मुख छाडेको भरमा पक्राउ गरेपछि स्ट्रिमर झापालिसको असन्तुष्टि, प्रधानमन्त्री शाहलाई पठाए सन्देश

रैपर भिटेनको पक्राउका बेलाको स्टाटस सम्झाउँदै स्ट्रिमर मनिष पाण्डेले प्रधानमन्त्रीलाई गरे प्रश्न, असोज २६ गते राति पक्राउ परेका थिए उनी

A notice in Nepali from Mechinagar Ward No. 10
स्ट्रिमर मनिष पाण्डे झापालिस

📌 मुख्य बुँदाहरू:

  • मुख छाडेको आरोपमा पक्राउ परेका स्ट्रिमर मनिष पाण्डे (झापालिस) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई मेसेज पठाएका छन्।
  • रैपर भिटेन पक्राउ पर्दाको पुरानो अभिव्यक्ति स्मरण गराउँदै उनले यसरी पक्राउ गर्नु गलत भएको बताएका छन्।
  • असोज २६ गते राति पक्राउ परेका पाण्डेलाई प्रहरीले सामाजिक सञ्जालमा अपशब्द नबोल्न चेतावनी दिँदै छाडिएको थियो।
  • पाण्डेले युट्युबमा चार लाख ६३ हजारभन्दा बढी सब्स्क्राइबर्ससहित लाइभ स्ट्रिमिङ गर्दै आएका छन्।

अपशब्द बोलेको आरोपमा प्रहरीले पक्राउ गरेपछि स्ट्रिमर मनिष पाण्डे (झापालिस) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सन्देश पठाएका छन्। र्‍यापर समेत रहेका पाण्डेले यसअघि अन्य कलाकार पक्राउ पर्दा प्रधानमन्त्रीले राखेका धारणा सम्झाउँदै कारबाहीप्रति आपत्ति जनाएका हुन्।

पाण्डेले प्रधानमन्त्री शाहलाई पठाएको सन्देशको स्क्रिनसट आफ्नो इन्स्टाग्राम स्टोरीमा सार्वजनिक गरेका छन्। सन्देशमा उनले मुख छाडेकै भरमा प्रहरी लगाएर पक्राउ गर्नु अनुचित भएको उल्लेख गरेका छन्।

भिटेनको पुरानो घटना स्मरण
सन्देशमा पाण्डेले यसअघि र्‍यापर भिटेन पक्राउ पर्दा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति स्मरण गराएका छन्। 'रैपमा मुख छाड्यो भनेर जेल हाल्दा फ्रि भिटेन भनी स्टाटस लेख्ने मान्छे अहिले आएर यस्तो गर्नु ओभर बिल्ला हो,' उनले मेसेजमा लेखेका छन्। उनले यस विषयमा गृहमन्त्री सुधन गुरूङलाई समेत सम्झाउन भनेका छन्।

प्रहरी हिरासत र युट्युब यात्रा
स्ट्रिमर पाण्डेलाई असोज २६ गते राति प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका रात नै उनलाई सामाजिक सञ्जालमा अपशब्द नबोल्ने सर्तमा छाडिएको थियो। पछि आफ्नो स्ट्रिमिङमार्फत उनले प्रहरीले हतकडी लगाएर हिरासतमा राखेको भन्दै आक्रोश व्यक्त गरेका थिए। युट्युबमा चार लाख ६३ हजारभन्दा बढी सब्स्क्राइबर्स कमाएका पाण्डे आफ्ना र्‍याप गीत र स्ट्रिमिङका कारण चर्चामा रहँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.