नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि लगाए बडादशैँको टीका र जमरा

ठमेलको एक होटलमा विदेशी पर्यटकहरूले नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासका साथ मनाए बडादशैँ पर्व।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपालमा बडादशैँको टीका लगाउँदै विदेशी पर्यटकहरू

📌 मुख्य बुँदाहरू:

  • नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले उत्साहका साथ मनाए बडादशैँ पर्व।
  • ठमेलस्थित काठमाण्डौ इको होटलमा पर्यटकहरूले ग्रहण गरे रातो टीका र जमरा।
  • यस्ता सांस्कृतिक गतिविधिले नेपालको मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने विश्वास।

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादशैँको टीका र जमरा लगाएका छन्। नेपालीहरूको महान् पर्व बडादशैँका अवसरमा यहाँ आएका पर्यटकले नेपालको मौलिक संस्कार र चाडपर्वको विशेष अनुभव लिएका छन्।

राजधानीको ठमेलस्थित काठमाण्डौ इको होटलमा आयोजित एक कार्यक्रममा विदेशी पर्यटकहरूले नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दशैँको खुसी साटासाटा गरेका हुन्। नेपाली संस्कृति र चाडपर्वप्रतिको आकर्षणका कारण उनीहरूले यसरी पर्व मनाएका हुन्।

सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा

पछिल्लो समय विदेशी पर्यटकहरू नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर यहाँका संस्कार र परम्परा अनुसारका पर्व एवम् उत्सवमा सहभागी हुने गरेका छन्। यस किसिमका गतिविधिले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिने गरेको पाइन्छ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवम् काठमाण्डौ इको होटल ठमेलका सञ्चालक सहदेव धमलाले यस्ता गतिविधिले नेपालको सांस्कृतिक विविधता, मौलिक परम्परा र अतिथि सत्कारको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न ठूलो सहयोग पुग्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.