पत्रकार पक्राउबारे पन्छियो सरकार: प्रहरीको आन्तरिक जाँचबुझ मात्र भएको दाबी

समाचार कक्षभित्रै प्रहरी प्रवेश गरी भएको धरपकडमा सरकारको पूर्वअनुमति नरहेको र प्रधानमन्त्रीले तत्काल रिहा गर्न निर्देशन दिएको सरकारी प्रवक्ताको स्पष्टोक्ति।

A notice in Nepali from Mechinagar Ward No. 10
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता
🎧 समाचार सुन्नुहोस्नेपाली अडियो वाचन

📌 मुख्य बुँदाहरू:

  • समाचार कक्षभित्रै पसेर पत्रकारमाथि गरिएको धरपकडमा सरकारको कुनै पनि पूर्वअनुमति नरहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
  • प्रहरीले आन्तरिक सूचना चुहावट र भ्रामक सूचनाबारे बुझ्नका लागि मात्रै सोधपुछ गरेको र यो प्रहरीको आन्तरिक विषय भएको उनको दाबी छ।
  • घटनाको जानकारी पाउनासाथ प्रधानमन्त्रीले पत्रकारलाई हिरासतमा नराख्न र छाड्न निर्देशन दिएको सरकारले स्पष्ट पारेको छ।

राज्यमा आतंक सिर्जना गर्दै गत शुक्रबार सञ्चारमाध्यमको समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकडको घटनाबाट सरकार पन्छिएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित समाचारहरूको सत्यतथ्य बुझ्नका लागि मात्रै उक्त कार्य गरेको स्पष्ट पार्दै यसमा सरकारको संलग्नता नरहेको दाबी गरेका हुन्।

प्रवक्ता पोखरेलले समाचार कक्षभित्रै प्रवेश गरेर भएको धरपकड प्रहरीले आन्तरिक अनुसन्धान तथा सोधपुछका लागि मात्रै गरेको जिकिर गरे। प्रहरीको आन्तरिक सूचना चुहावट भएको विषयमा छानबिन गर्न खोजिएको उनको भनाइ थियो।

1140x725
1140×725

सरकारको पूर्वअनुमति नरहेको स्पष्टोक्ति

सरकारसँग कुनै पनि पूर्वअनुमति नलिइकन प्रहरीले उक्त कदम चालेको प्रवक्ता पोखरेलले बताएका छन्। उनले भने, 'सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन। त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन। प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो।'

प्रधानमन्त्रीलाई यस घटनाको जानकारी आउनासाथ कुनै पनि पत्रकारलाई सोधपुछ गर्ने वा हिरासतमा नराख्न निर्देशन दिइएको उनले दाबी गरे। साथै, पत्रकारलाई गिरफ्तार गरिएको वा नियन्त्रणमा लिइएको नभई सामान्य रूपमा बुझ्ने काम मात्र भएको सरकारको तर्क छ।

📢 ताजा समाचार सिधै पाउन जोडिनुहोस्:हाम्रो आधिकारिक ह्वाट्सएप च्यानल तथा भाइबर समुदाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

डेटा बचत मोड