एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले गम्भीर जोखिम बढायो : मन्त्री मेहता

औषधि उपभोगसम्बन्धी तथ्यांकको नियमित विश्लेषण गर्दै नीतिगत र नियामकीय निर्णय लिइने

A notice in Nepali from Mechinagar Ward No. 10
एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मन्त्री निशा मेहता

📌 मुख्य बुँदाहरू:

  • स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताद्वारा एन्टिमाइक्रोबियल औषधिको अनावश्यक प्रयोग रोक्न जोड
  • विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिकको दर्ता, नवीकरण र आयातमा रोक
  • राष्ट्रिय अत्यावश्यक औषधिको सूचीको सातौँ संशोधन सार्वजनिक

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएकी छिन्। एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्यांक सङ्कलन तथा प्रसारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै उनले औषधिको उपभोगसम्बन्धी तथ्यांकलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताएकी हुन्।

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, तोकिएको मात्रा र अवधिभन्दा फरक तरिकाले प्रयोग गर्ने तथा जथाभावी बिक्री वितरण गर्ने प्रवृत्तिले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउने भएकाले यसको नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। मन्त्री मेहताले एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग प्रवर्द्धनका लागि प्याकेजिङमा रातो धर्सा राख्ने व्यवस्था गरिएको जानकारी दिइन्।

नियामकीय प्रयास र कार्यशालाको उद्देश्य

कार्यक्रममा मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिकको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा रोक लगाइएको बताइन्। साथै, सुरक्षित प्रयोगका लागि रिजर्भ समूहका एन्टिबायोटिक अस्पतालका औषधि पसलबाट मात्र बिक्री वितरण गर्ने व्यवस्थालगायतका नियामकीय प्रयास भइरहेको उनले उल्लेख गरिन्।

मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानले एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्व स्वास्थ्य क्षेत्रको संवेदनशील र गम्भीर चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको जोखिमप्रति मन्त्रालय सचेत रहेको बताए। कार्यक्रमको उद्देश्य सन् २०१६ देखि २०२४ सम्मको एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बत्यसको तथ्यांक संकलन, विश्लेषण तथा प्रसार गरी नीतिगत निर्णयका लागि आधार तयार गर्नु रहेको छ। सोही अवसरमा राष्ट्रिय अत्यावश्यक औषधिको सूचीको सातौँ संशोधनसमेत सार्वजनिक गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.