वीरगञ्जको नेशनल मेडिकल कलेजमा अत्याधुनिक प्रयोगशाला उपकरण जडान, मधेस प्रदेशमै पहिलो

बिरामीको स्वास्थ्य परीक्षण सेवालाई छिटो, विश्वसनीय र प्रभावकारी बनाउन तीनवटा महत्त्वपूर्ण परीक्षण प्रणाली एकीकृत गरिएको अस्पतालले जनाएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल

📌 मुख्य बुँदाहरू:

  • नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याइएको छ।
  • यो प्रविधि मधेस प्रदेशमै पहिलो पटक जडान गरिएको अस्पतालको दाबी छ।
  • जैविक रासायनिक परीक्षण, लवण तथा खनिज तत्त्व र प्रतिरक्षासम्बन्धी परीक्षण एउटै उपकरणबाट हुनेछ।
  • उपकरणको प्रयोगले परीक्षण रिपोर्ट प्राप्त गर्न लाग्ने समयमा कमी आउने र बाहिर जानुपर्ने बाध्यता हट्नेछ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउने उद्देश्यले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ। मधेस प्रदेशमै पहिलो पटक जडान गरिएको यो प्रविधिले स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ।

अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षासम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण प्रणालीलाई एउटै उपकरणमा एकीकृत गरेको छ। यसबाट एकै प्रयोगशालाबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण सहज रूपमा सञ्चालन गर्न सकिने सुविधा प्राप्त भएको छ।

परीक्षण प्रक्रियामा सहजता र समयको बचत

नयाँ प्रविधिको प्रयोगबाट परीक्षण प्रक्रिया थप व्यवस्थित हुनुका साथै बिरामीले प्रयोगशालाको प्रतिवेदन प्राप्त गर्न लाग्ने समय निकै कम हुने भएको छ। मुख्य गरी जैविक रासायनिक परीक्षण प्रणालीअन्तर्गत कलेजो, मिर्गौला, मधुमेह तथा अन्य विभिन्न प्रक्रियासँग सम्बन्धित परीक्षण गर्नुका साथै विद्युतीय प्रणालीमार्फत सोडियम, पोटासियम तथा क्लोराइड जस्ता शरीरका लवण तथा खनिज तत्त्वको परीक्षण गर्न सकिने वरिष्ठ प्रयोगशाला प्राविधिक शर्माले बताएका छन्।

यसअघि विभिन्न जटिल तथा विशेष प्रकृतिका परीक्षणका लागि अन्य ठूला सहर वा सुविधासम्पन्न प्रयोगशालामा निर्भर हुनुपर्ने बिरामीको बाध्यता अब काफी हदसम्म कम हुने अपेक्षा गरिएको छ। विसं २०५८ मा स्थापित र त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध सो अस्पताल वीरगञ्ज महानगरपालिका–१िस मा अवस्थित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.