मेचीनगरमा वेवारिसे अवस्थाको पाँचसय ५७ केजी गाँजा फेला

A notice in Nepali from Mechinagar Ward No. 10

२० कात्तिक, मेचीनगर : कोशी प्रदेशको सुनसरीमा प्रहरीले मुख्य राजमार्ग र नाकाहरूमा चेकजाँचमा कडाई गरेपछि गाँजा कारोवारीहरूले पक्राउबाट बच्न आफ्नो आवतजावत गर्ने बाटो (रुट) परिवर्तन गर्न थालेका छन् ।

विशेष गरी धनकुटा, भोजपुर र उदयपुरका पहाडी क्षेत्रमा उत्पादित गाँजा सुनसरी हुँदै भारततर्फ तस्करी हुने गरेको छ । प्रहरीको सक्रियता बढेपछि तस्करहरूले अपनाएका नयाँ रणनीति र फेरिएका बाटाहरूमा प्रहरीले कडा निगरानी शुरु गरेको छ ।

यसैबीच इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापा र अस्थायी प्रहरी पोस्ट मेचीनगर –इटाभट्टा झापाले विहीबार साँझ पाँचसय ५७ केजी गाँजा फेला पारी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीका अनुसार मेचीनगर नगरपालिका– ५ सिर्जना चोकस्थित चिया बगानमा को कस्ले बेवारिसे अवस्थामा अवैध गाँजा लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा साँझ ७ :५० बजे उक्त परिमाणको गाँजा फेला पारेको हो ।

सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापा र अस्थायी प्रहरी पोस्ट मेचीनगर इटाभट्टा झापाको टोली खटि गएको र सो स्थानबाट १३ पोका गाँजा प्लाष्टिक सहित पाँच सय ६२ केजी आठ सय ग्राम (प्लाष्टिक बाहेक पाँचसय ५७ ) केजी गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अनुसन्धान कार्य गरीरहेको प्रहरीले जनाएको छ ।

मुख्य राजमार्ग (जस्तै पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्ग) मा चौबीसै घण्टा प्रहरी चेकिङ हुने भएपछि कारोवारीहरुले गाउँका मार्गहरु तथा नाकामा प्रहरीको सक्रियता बढेसँगै कारोवारीहरुले कच्ची र भित्री सडकहरू प्रयोग गर्न थालेका एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.