अर्जुनधारा जलेश्वरधाममा मंसिर तेस्रो साता ४४औँ वार्षिक अनुष्ठान हुने

बाला चतुर्दशीका अवसरमा शतबीज रोपणसहित साताव्यापी धार्मिक अनुष्ठान सञ्चालन गर्न ५५ लाख २० हजार रुपैयाँको अनुमानित लागत सार्वजनिक गरिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
झापाको अर्जुनधारा जलेश्वरधाम परिसर

📌 मुख्य बुँदाहरू:

  • झापाको अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर १४ गतेदेखि २१ गतेसम्म ४४औँ वार्षिक अनुष्ठान आयोजना हुने।
  • अनुष्ठानमा सिक्किमको मंगलधामका श्री १०८ प्रमोद सुधाकर महाराजजी प्रमुख कथा वाचकका रूपमा रहने।
  • धार्मिक महोत्सव सम्पन्न गर्न ५५ लाख २० हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण सार्वजनिक, १५ लाख ८५ हजार बचत हुने अनुमान।
  • कार्यक्रमलाई व्यवस्थित गर्न २४ वटा विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको।

झापाको अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर १४ गतेदेखि २१ गतेसम्म ४४औँ वार्षिक अनुष्ठान आयोजना हुने भएको छ। धाम परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै साताव्यापी रूपमा सञ्चालन हुने उक्त महाउत्सव तथा धार्मिक अनुष्ठानको बारेमा विस्तृत जानकारी गराइएको हो। बाला चतुर्दशीका दिन शतबीज रोपण गरेर समापन हुने यस अनुष्ठानलाई भव्य रूपमा सम्पन्न गर्न तयारी तिब्र पारिएको धामका अध्यक्ष नविन गट्टानीले बताएका छन्।

अनुष्ठानको पहिलो दिन मंसिर १४ गते बिहान ११ बजे कलश यात्रासहित नगर परिक्रमा गरिने र दिउँसो १ बजे धान्याचल, यज्ञ तथा गल्लाको औपचारिक उद्घाटन हुने कायतालिका तय गरिएको छ। प्रत्येक दिन बिहान ७ बजेदेखि मण्डप पूजा एवम् पाठपारायण र बिहान ११ देखि दिउँसो ३ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन सञ्चालन हुनेछ। त्यसैगरी, दैनिक साँझ ५ः३० बजेदेखि पितृ मोक्षका लागि ३ जना ब्राह्मणद्वारा महाआरती तथा बेलुका ७ः३० देखि ९ बजेसम्म महात्म्य एवम् भजन कीर्तन आयोजना हुनेछ। महोत्सवको अन्त्यमा मंसिर २० गते बेलुका लक्ष्यवर्तिका प्रज्वलन, भजन कीर्तन, झाँकी र रात्री जागरण तथा मंसिर २१ गते बिहान ५ बजे शतबीज रोपण, पूर्णाहुति एवम् तिलकपाती वितरणसँगै अनुष्ठान सम्पन्न हुनेछ।

प्रमुख कथा वाचक र व्यवस्थापन समिति

यस वर्षको अनुष्ठानमा सिक्किम, भारतको मंगलधामका श्रीमद्भागवत भाष्कर गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराजजी प्रमुख कथा वाचकका रूपमा रहनेछन्। अनुष्ठानको प्रमुख आचार्यत्व मूल अर्चक पं. अग्निप्रसाद सिग्देलले गर्नेछन् भने उपवाचकमा पं. चिरञ्जीवी ढुङ्गाना र यज्ञाचार्यमा पं. हेमन्त भण्डारी रहनेछन्। त्यस्तै, अनुष्ठानका कर्ताको रूपमा मेदनी र सेवन्ता ढुङ्गेल रहने समितिले जनाएको छ। कार्यक्रमलाई सुव्यवस्थित र मर्यादित बनाउन विभिन्न २४ वटा विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।

५५ लाख बढीको आयव्याय अनुमान

अनुष्ठान सञ्चालनका लागि धामले ५५ लाख २० हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको छ। कोषाध्यक्ष मनोज जोशीले जानकारी दिएअनुसार सहयोग रसिदबाट २५ लाख, मन्दिर भेटीबाट ९ लाख, चाँदी वापत ५ लाख, अक्षयकोषबाट ५ लाख, गंगा आरतीबाट १ लाख, गुरुकुल अक्षयकोषबाट २ लाख, खाद्य महाप्रसादबाट २ लाख र अन्य शीर्षकबाट ६ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। खर्चतर्फ पण्डाल, विद्युत, प्रचारप्रसार, आवास, भोजन, दक्षिणा, रङरोगन, पूजा सामग्री लगायतमा गरी कुल ३९ लाख ३५ हजार रुपैयाँ खर्च हुने र करिब १५ लाख ८५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.