जेन्जी आन्दोलन भन्दा अघि सिङ्गै दुई तिहाईको सरकार कस्को थियो ?  प्रतिनिधि सभा सदस्य प्रसाई

A notice in Nepali from Mechinagar Ward No. 10

२५ कात्तिक मेचीनगर ः प्रतिनिधि सभा सदस्य रमेश प्रसाईले यो देशमा अहिलेको दुई तिहाई नजीकको सरकार पनि यदि असफल भयो भने, राजनीतिप्रतिको आशा यो समाजबाट विस्तारै सकिने बताएका छन् ।

झापाको मेचीनगर-६ काँकरभिट्टास्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा पार्कमा महाकवि लक्ष्मीफ्रसाद देवकोटाको ११८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दैं कार्यत्रमका प्रमुख अतिथि समेत रहेका प्रसाईले यस्तो बताएका हुन् ।

‘यो देशमा अहिलेको दुई तिहाई नजीकको सरकार पनि यदि सफल हुन सकेन भने, राजनीतिप्रतिको आशा यो समाजबाट विस्तारै सकिन थाल्छ, कम्तिमा मेरो पुस्ताबाट ’ प्रसाईले भने । ‘तर, सरकार सफल बनाउँन हामी सक्दो प्रयास गर्नेछौ छौ । ’ यो अभियान, नयाँ पुस्ताको सपना जोगाउनैका लागि आफ्नो प्राणबाट आफ्नो विवेकले सकेजति गर्ने प्रसाईको भनाई थियो ।

मेचीनगरका सार्वजनिक जग्गा, राष्ट्रिय आवास कम्पनिले गरेका गतिविधिलगायत यहाँका थुप्रै समस्यासँग आफू जानकार रहेको, यहाँका हरेक समस्या समाधानका लागि स्थानीय सरकार मेचीनगर र यसका जानकारहरुसँग साक्षत्कार गरिरहेको प्रतिनिधि सभा सदस्य प्रसाईले स्पष्ट पारे ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा झापा मेचीनगर- ६ काँकरभिट्टाकै स्थायी बासीन्दासमेत रहेका प्रसाईले वर्तमान सरकारका भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा प्रशासन मन्त्री प्रतिभा रावल आसाध्य डाइनामिक र उर्जाशिल मन्त्री भएको चर्चा गर्दै उनले हाल १८० को स्प्रीडमा काम काम गरिरहेको दाबी गरे ।

वर्तमान सरकारले द्रुतगतिमा काम गरीरहेको समयमा यहाँको आवाज मेचीनगरकै तर्फबाट मन्त्री स्तरीय निर्णय गराएर यो समस्या समाधान गर्न सकिन्छ कि ! अथवा क्याबिनेटबाट निर्णय गराएर यो समस्या समाधान गर्नुपर्ने हो कि कसरी गर्ने हो त्यसतर्फ आफू लाग्ने प्रतिनिधि सभा सदस्य प्रसाईले विश्वास व्यक्त गरे ।

आफ्नो क्षेत्रका हरेक समस्या समाधानका लागि कहाँनेर पुलको काम गर्नुपर्ने हो, त्यस समय मेचीनगरको आवाज बन्न आफू सधै तयार रहने प्रसाईले प्रतिवद्धता व्यक्त गरे । आफू यहिको माटोमा हुर्केको यो भूमिले डोर्याएर आफुलाई यहाँसम्म पुरयाएको समेत स्मरण गरे ।

‘स्थानीय निर्वाचन आउनु भन्दा अघि नेपाली काँग्रेस र नेकपा एमाले जस लिन्छन भनेर सोचेको भए ६ महिना दश हजार भन्दा बढी जग्गाधनी प्रमाण पूर्जा सरकारले वितरण गर्ने थिएन् । ’ उनले झने ।

कार्यक्रमका अर्का वत्ता संविधान सभा सदस्य रविन कोइरालाले काँग्रेस एमालेले जस लिन्छन भनेर वर्तमान सरकार ग्रामीण आवास कम्पनि र मेचीनगरबीचको समस्या समाधानतर्फ नलागेको हो कि भन्ने आंशकामा प्रसाईले व्यङग्यात्मक शैलीमा जवाफ फर्काउदैं प्रतिनिधि सभा सदस्य प्रसाईले थपे, ‘यो देशमा ३० ३५ वर्ष तपाईहरुले आस्था राखेकै नेताहरुले नेतृत्व गरे तिनले चाँहि कस्ले जस लिन्छ भनेर अडकाए छन् । किन समस्या भएन छ यो समस्या भनेर पनि सोध्न चाहान्न । ’

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मननीय विश्वप्रकाश शर्माको पहलमा तीन करोडको बजेट आएको जग्गाधनी प्रमाण पूर्जा नपाएर फ्रिज भएको भने लगत्तै प्रसाईले नगरप्रमुख बुढाथोकीलाई प्रतिप्रश्न गरे । जेन्जी आन्दोलन भन्दा अघि सिङ्गै दुई तिहाईको सरकार कस्को थियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.