इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा ९३ प्रतिशत होइन, पूर्ण जित चाहने बताएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

📌 मुख्य बुँदाहरू:

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरेको दाबी गरेका छन्।
  • अमेरिकालाई ९३ प्रतिशत जित स्वीकार्य नभई पूर्ण जित चाहिएको उनको भनाइ छ।
  • इरानमा अमेरिकाले ध्वस्त पारेका संरचनाहरू पुनः निर्माण गर्न २५ वर्ष लाग्ने दाबी गरिएको छ।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा जित हासिल भएको दाबी गर्दै अमेरिका ‘९३ प्रतिशत नभई पूर्ण जित’ चाहने बताएका छन्। भेट्रान्स डेका अवसरमा अमेरिकी सैनिकहरूको प्रशंसा गर्दै ट्रम्पले अमेरिकी सेनाकै कारण इरानले कहिल्यै परमाणु हतियार बनाउन नसक्ने जिकिर गरेका हुन्।

अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको उल्लेख गर्दै उनले सन् १९७९ देखि नै इरानले अमेरिकाविरुद्ध युद्ध छेडिरहेको बताए। यो समस्या धेरै पहिले नै समाधान गरिनुपर्थ्यो भन्दै ट्रम्पले आफ्नो प्रशासनको पालामा आएर बल्ल यसको जवाफ दिइएको दाबी गरे। उनले भने, ‘हामीले जवाफ दियौँ र हामीले जित्यौँ पनि। अब प्रश्न यो मात्रै हो कि हमी यसलाई कहिले अन्त्य गर्न चाहन्छौँ।’

संरचना पुनः निर्माण गर्न २५ वर्ष लाग्ने

आफ्नो जित पूर्ण हुनेमा जोड दिँदै उनले ९३ प्रतिशत जित मात्र अमेरिकालाई स्वीकार्य नहुने स्पष्ट पारे। यसका साथै ट्रम्पले इरानमा अमेरिकाले ध्वस्त पारेका संरचनाहरू पुनः निर्माण गर्न २५ वर्ष लाग्ने दाबीसमेत गरे। उनले अब त्यस देशमा थप केही ध्वस्त पार्नु नपरोस् भन्ने आशा व्यक्त गर्दै इरानलाई पुनः उभ्याउन उनीहरूले निकै धेरै काम गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.