बिर्सने रोग डिमेन्सिया पहिचान गर्न बेलायतमा दुई करोड पाउन्डको एआई परियोजना

एक्सिटर विश्वविद्यालयको नेतृत्वमा स्थापना हुने ‘ब्रेनिआक हब’ ले सन् २०२९ सम्ममा प्रारम्भिक क्लिनिकहरू सञ्चालनमा ल्याउने गरी ६ वर्षे अनुसन्धान परियोजना सुरु गरेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
बेलायतमा डिमेन्सिया अनुसन्धानका लागि स्थापना हुन लागेको एआई परियोजना

📌 मुख्य बुँदाहरू:

  • डिमेन्सिया रोकथाम र पहिचानका लागि बेलायतमा दुई करोड पाउन्ड लगानीमा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ।
  • एक्सिटर विश्वविद्यालयको नेतृत्वमा रहने ‘ब्रेनिआक हब’ लाई अनुसन्धान संस्था र एनएचएसका साझेदारले एक/एक करोड पाउन्ड अनुदान दिएका छन्।
  • परियोजनाअन्तर्गत सन् २०२९ देखि प्रारम्भिक क्लिनिकहरू सञ्चालनमा आउनेछन् जसले रोग पहिचानको समय आधा घटाउने लक्ष्य राखेका छन्।

बिर्सने रोग ‘डिमेन्सिया’ को रोकथाम र पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) तथा तथ्याङ्क प्रणाली विकास गर्न बेलायतमा दुई करोड पाउन्ड लगानीमा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ। यो परियोजनाले मस्तिष्क स्वास्थ्यको क्षेत्रमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

एक्सिटर विश्वविद्यालयको नेतृत्वमा रहने ‘ब्रेनिआक हब’ लाई बेलायतको एक अनुसन्धान संस्था र न्याश्नल हेल्थ सर्भिस (एनएचएस) का साझेदारहरूले एक/एक करोड पाउन्ड अनुदान दिने घोषणा गरेका छन्। विश्वविद्यालयका अनुसार उक्त केन्द्रले मस्तिष्कको इमेजिङ, आनुवंशिक जानकारी, रक्तसम्बन्धी जैविक जानकारी र डिजिटल सङ्ज्ञानात्मक परीक्षणलाई संयोजन गर्ने एआई प्रविधि विकास गर्नेछ। यसले व्यक्तिको मस्तिष्क स्वास्थ्यको एउटै स्पष्ट चित्र तयार पार्न मद्दत गर्ने दाबी गरिएको छ।

यो अनुदान छ वर्षे परियोजनाका लागि प्रदान गरिएको हो, जसअन्तर्गत डिमेन्सियाको पहिचान र रोकथामका लागि सुरुवाती क्लिनिकहरू सन् २०२९ मा सञ्चालनमा आउनेछन्। सुरुवाती चरणमा ती क्लिनिकहरूमा एनएचएसमार्फत सिफारिस गरिएका व्यक्तिहरू मात्र जानेछन्।

अनुसन्धानका मुख्य लक्ष्य र सहकार्य

ब्रेनिआक अर्थात् ‘एआईमा आधारित इन्जिनियरिङ प्रविधिमा आधारित आउने पुस्ताका लागि मस्तिष्क स्वास्थ्य क्लिनिक’ ले छ वर्षको अवधिमा ११ वटा विश्वविद्यालय र १० वटा एनएचएस केन्द्रलाई एकै ठाउँमा ल्याउनेछ। यस परियोजनामा बेलायतभरका १० वटा मस्तिष्क स्वास्थ्य क्लिनिकहरू सहभागी हुनेछन्।

डिमेन्सियाको पहिचान, रोकथाम र उपचारका प्रभावकारी उपायबारे अनुसन्धान गर्ने यो विश्वकै ठूला अनुसन्धान निकायमध्येको एक बन्ने लक्ष्य राखिएको छ। यी क्लिनिकहरूले डिमेन्सियाको जोखिम घटाउने र रोग पहिचान हुन लाग्ने समय आधा घटाउने मुख्य लक्ष्य लिएका छन्।

ब्रेनिआकका निर्देशक तथा विश्वविद्यालयको मेडिकल स्कुलका क्लिनिकल एपिडेमियोलोजी र डिजिटल स्वास्थ्य विषयका प्राध्यापक डेभिड लुवेलिनका अनुसार सुरुआती चरणमै रोग पहिचान गर्नु सबैभन्दा कठिन समस्या रहेको छ, र यो प्रविधिले त्यसलाई सहज बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.