गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान, विश्व प्रहरी शिखर सम्मेलनमा भाग लिने

दुबईमा सुरु हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुनेछ।

A notice in Nepali from Mechinagar Ward No. 10
युएई प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ

📌 मुख्य बुँदाहरू:

  • गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्।
  • सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान हुनेछ।
  • दौराका क्रममा गृहमन्त्री गुरुङले युएई तथा अन्य मुलुकका सुरक्षा प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्नेछन्।

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गुरुङ शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदानलाई प्राथमिकता दिइएको छ।

गृह मन्त्रालयका अनुसार सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय राउण्ड टेबल मिटिङ, कार्यशाला, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार लगायतका गतिविधिहरू हुनेछन्। यस संस्करणमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण, साइबर आक्रमण नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण लगायतका १४ विषयगत क्षेत्रहरू समेटिएका छन्।

द्विपक्षीय भेटघाट तथा प्राविधिक सहयोगको पहल

सम्मेलनमा नेपालको सहभागिताले युएई तथा अन्य मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री र सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटघाट गर्ने अवसर जुराएको छ। यसबाट सुरक्षाको क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान, मानव बेचबिखन, साइबर अपराध, लागुऔषध तथा सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यका पहलहरू अघि बढाइने मन्त्रालयले जनाएको छ। साथै, नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्था पहिचान गर्ने अवसर पनि प्राप्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.