काठमाडौं । सरकारले छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २०८३ साल कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
यसअघि सरकारले छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा निर्धारण गरेको थियो। तर छठ पर्वको मुख्य पूजापछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले सोमबार पनि बिदा दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।
यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजा सम्पन्न गर्ने परम्परा छ।





















