केन्द्रीय कारागारबाट फरार दुई कैदी कोटेश्वरबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
काठमाडौंको केन्द्रीय कारागार सुन्धारा क्षेत्र

📌 मुख्य बुँदाहरू:

  • केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका दुई कैदीबन्दी पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन्।
  • उनीहरूलाई प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
  • आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवैलाई पुनः केन्द्रीय कारागार पठाइएको छ।

जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू २०८२ भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए। फरार भएपश्चात उनीहरूको खोजीकार्य तीब्र पारिएको थियो।

कोटेश्वरबाट पक्राउ र कारागार फिर्ता

फरार कैदीबन्दीको खोजतलास गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको विशेष टोलीले उनीहरूलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले जानकारी दिएका छन्। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.